बोलेरो दुर्घटनाहुँदा चारको मृत्यु पाँच घाइते

१० फाल्गुन २०७४, बिहीबार १८:४२
 

सदरलाइनडटकम  
१० फागुन, दैलेख  :  दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप बिहीबार साँझ ५ बजेतिर महाबु  ४ ओखलढुंगामा दुर्घटना हुँदा ४ जना मृत्यु हुनुको साथै ६ जना घाइते भएका छन् ।
लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् ।
प्रहरी नायव उपरीक्षक पौडेलले घटनामा परेर मृत्यु हुनेमा महाबु–३ की २२ वर्षिया निर्मला पाण्डे, महाबु–६ की २९ वर्षिया निर्मला शाही, महाबु–५ का ३५ वर्षिय श्रवण शाही र बिरेन्द्रनगर सुर्खेतका अन्दाजी ३० वर्षिय तिलक ढकाल रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोलीसहति आफु पनि दुर्घटना स्थलतर्फ गएको उनले बताए ।
सो घटनामा परेर महाबु–५ काँशीकाँधका यकिन्द्र शाही, नारायन नगरपालिका–२ जार्कोट बस्ने रमेश कुमार थापा र एकजना पहिचान खुल्न नसकेको व्यक्ति गम्भीर रहेका छन् । यसैगरी गाडि चालक महाबु–१ का २२ वर्षिय बखतबहादुर थापा र गाडिधनी सोही ठाँउका कर्णबहादुर मल्ल सामान्य घाइते रहेको डीएसपी पौडेलले जानकारी दिए ।

Next Post

न्यायीक समितिको घुम्ती बैठक बाँकेको डुडुवामा, आगामी बैठक राप्ती सोनारीमा हुने

१० फाल्गुन २०७४, बिहीबार १८:४२
सदरलाइनडटकम  १० फागुन नेपालगन्ज : बाँकेका सबै स्थानीय तहका न्यायिक समितिको घुम्ती बैठक डुडुवा गाउपालिकाको आतिथ्यतामा सम्पन्न भएको छ । समितिका संयोजकहरुको बिहीबार बसेको बैठकले न्यायीक समितिका पदाधिकारी र कर्मचारीलाई क्षमता अभिवृद्धिको तालिम दिनुपर्ने निर्णय गरेको छ । बैठकमा बाँकेका ८ वटै स्थानीय तहका न्यायीक समितिका संयोजकहरुको उपस्थिति थियो । […]