२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

ब्राउन सुगरसहित कोहलपुरबाट ३ प्रहरी नियन्त्रणमा



सदरलाइनडटकम 
४ फागुन, नेपालगन्ज : बाँके प्रहरीले प्रतिबन्धित लागू औषध २६ ग्राम ब्राउन सुगरसहित कोहलपुरबाट ३ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नयव उपरिक्षक यज्ञप्रसाद भट्टराईले सो परिमाणको लागू औषध सहित पक्राउ पर्नेहरुमा बैजनाथ गाउपालिका पहाडीपुरका वर्ष १८ का सन्तोष थापामगर, बैजनाथ–१ चिसापानीका १६ बर्षका प्रकाश नेपाली र भारत बहराइच रुपैडिहाका ४० बर्षिय नन्दु कुरेसी रहेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नबराज पोखरेलको नेतृत्वमा लागु औषध नियन्त्रण संयुक्त टोलीले कोहलपुर दशबिगाह स्थित राप्ती होटल एन्ड लजको कोठान १०४बाट उनीहरुलाई दिउसो साढे ३ बजे पक्राउ गरेको हो ।
प्रहरी निरिक्षक पोखरेलले नन्दु कुरेसीबाट नगद २२ हजार ८ सय तथा सन्तोष र प्रकाशबाट नगद ८ हजार ७ सय, मोबाइल १ थान र भे २ प १६१२ नम्बरको २ सय २० सिसिको पल्सर मोटरसाइकल समेत बरामद गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार
ताजा समाचार