बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता कोहलपुरमा सुरु

९ माघ २०७४, मंगलवार २०:२८
 

सदरलाइनडटकम
९ माघ, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा मंगलबारदेखि जिल्लास्तरीय बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता सुरु भएको छ । मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा सुरु भएको हो ।
सो प्रतियोगिताको कोहलपुर नगरपालिकाकी उपमेयर सन्जुकुमारी चौधरी र लाईन्स क्लब ईन्टरनेशनल ३२५ बि–२ का डिस्ट्रक गर्भनर मधुसुधन शर्माले संयुक्त रुपमा ब्याटिङ र बलिङ गरी प्रतियोगिताको उद्घाटन गरेका हुन ।
मंगलबार सम्पन्न उद्घाटन खेलमा सेन्ट थोमस नेपालगन्जले नोबेल स्कुल कोहलपुरलाई ३३ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट थोमसले निर्धारित २० ओभरको खेलमा पुरै विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो ।
जसका लागि सुरेन्द्र शाहीले ३५ रन, सुभाष कटवालले १९ रन र उमेश शाहीले १८ रन बनाएका थिए भने नोबेल स्कुलका विनायक विसीले ३ र भुपेन्द्र सिंहले २ विकेट लिएका थिए ।
१ सय २६ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको नोबेल स्कुलले १३ ओभर १ बलमा पुरै विकेट गुमाउँदै ९२ रन मा समेटिए पछि सेन्ट थोमले जित हासिल गरेको हो । ९२ रन बनाउने क्रममा विशाल खनाल र पवन रेग्मीले १३–१३ रनको योगदान दिएका थिए ।
नोबेलको ब्याटिङ लाइनलाई धरासायी पार्ने क्रममा सेन्ट थोमसका प्रवल शर्माले ५ विकेट र भुपेन्द्र बिसीले ४ विकेट लिएका थिए । सो खेलको म्यान अफ द म्याच ५ विकेट लिएका सेन्ट थोमसका प्रवल शर्मा घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो खेल बागेश्वरी एकेडेमी ‘बी’ र सगरमाथा ज्ञानपुञ्ज बिच तथा दोस्रो खेल श्रीचन्द्र मेवालाल र मोर्डन पब्लिक स्कुल नेपालगन्ज बिच हुने आयोजकले जनाएको छ ।


Next Post

बुम रेमिट क्रिकेट प्रतियोगितामा सगरमाथा ज्ञानपुञ्ज बिजयी

९ माघ २०७४, मंगलवार २०:२८
सदरलाइनडटकम  १० माघ, कोहलपुर (बाँके) : कोहलपुरमा जारी बुम रेमिट जिल्लास्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न पहिलो खेलमा सगरमाथा ज्ञानपुञ्ज स्कुल बिजयी भएको छ । टस जितेर ब्याटिङमा उत्रिएको ज्ञानपुञ्जले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रन जोड्न सफल भएको थियो । ठुलो स्कोर खडा गर्ने […]