निर्वाचनको लागि सुरक्षा सर्तकता अपनाउदै नेपाली सेना

१८ कार्तिक २०७४, शनिबार १८:२८
 

सदरलाइनडटकम 
१८ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग सीमा जोडिएका केही संवेदनशील जिल्लामा निर्वाचनका बेला नेपाली सेनाले सतर्कता अपनाउने भएको छ ।
नेपाल–भारत खुला सिमानाको केही कमजोरीको फाइदा उठाउँदै आपराधिक मनोवृत्तिका व्यक्तिहरू नेपाल पस्नसक्ने भन्दै यसमा अन्य सुरक्षा निकायसँग समन्वय गरी निर्वाचन सफल तुल्याउन सेनाले आन्तरिक रणनीति तयार पारेको हो ।
सेनाले प्रदेश नम्बर २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीलाई बढी ध्यान दिइरहेको छ । त्यस्तै प्रदेश नम्बर ७ अन्तर्गतका कैलाली र कञ्चनपुर, प्रदेश नम्बर ५ का बर्दिया, बाँके, कपिलवस्तु, रूपन्देही र नवलपरासी क्षेत्रमा पनि सुरक्षाको बढी चुनौती रहने भन्दै सेना सचेत छ ।
निर्वाचनका बेला मुलुकभर नै सुरक्षामा ध्यान दिनुपर्ने भए पनि ती क्षेत्रमा भूमिगत गिरोह बढी सक्रिय हुने, खुला सीमाको फाइदा उठाउँदै हुलदंगा गर्ने मानिस भित्रिनसक्ने भन्दै सेना बढी सचेत भएको हो । केही भूमिगत र खुला समूहले निर्वाचनविरोधी गतिविधि गर्नसक्ने विश्लेषण सबै पृतनापतिहरूको रहेकोमा त्यसमा सचेत हुन रक्षामन्त्री भीमसेनदास प्रधान, र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुको खप्त्याड क्षेत्रमा मलेरियाको प्रकोप, स्वाथ्यकर्मी र भेक्टर कन्ट्रोलको टोली प्रभावित क्षेत्रमा

१८ कार्तिक २०७४, शनिबार १८:२८
सदरलाइनडटकम १९ कात्तिक, नेपालगन्ज : मुगुको खप्त्याड क्षेत्रमा मलेरियाको संक्रमण फैलिाएको छ । गत भदौ र असोज महिनामा बाजुराको कोल्टी आसपासबाट मलेरियाको संक्रमण सुरु भएकोमा हाल मुगुको खप्त्याड क्षेत्रमा देखिएको हो । सो क्षेत्रमा रहेका विरामीहरुमा मलेरिया रोगमा हुने जस्तो लक्षण देखा पर्नुको साथै मलेरिया फैलाउने लामखुट्टे समेत फेला परेपछि […]