पुष्पलाल चोक नजिकै आगलागि हुँदा पाँचवटा पसल नष्ट ५१ लाखको क्षति

२५ भाद्र २०७४, आईतवार १९:३४
 

सडरलाइनडटकम 
२५, भदौ, नेपालगन्ज : सुर्खेतरोडमा आईतबार साँझ आगलागी हुँदा ५ वटा पसल जलेर नष्ट हुँदा ५१ लाखको क्षति भएको छ । पुष्पलाल चोकदेखि २ सय मिटर उत्तरमा रहेको अम्बे अटोपार्टस मोटरसाईकल ग्यारेजबाट सुरु भएको आगोले संगै रहेका अन्य ५ पसल जलेर नष्ट भएको हो ।
स्थानीय अरुणकुमार श्रेष्ठको घरमा रहेको अम्बे अटो पाटर्समा मोटरसाईकल रिपेरिङ्ग गर्दैगर्दा सल्केको आगोले रितु किराना पसल, न्यू सुर्खेती रेष्टुरेन्ट, बराल रिकन्डिशन हाउस र अन्सारी अल्मुनियम डेकोरेशन समेतलाई जलेर नष्ट भएको छ ।
आईतबार दिउसो करिव साढे ४ बजेतिर भएको आगो करिब १ घण्टापछि नेपालगन्ज उप–नगरपालिका र कोहलपुर नगरपालिकाको दुईवटा दमकल, प्रहरी, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले जानकारी दिए । उनले सो घटनामा करिब ५१ लाखको क्षतिभएको प्रारम्भीक बिररण आएको बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्माका रोहिंग्या समुदायको सुरक्षाको माग गर्दै नेपालगन्जमा बिरोध प्रदर्शन

२५ भाद्र २०७४, आईतवार १९:३४
सदरलाइनडटकम २५, भदौ, नेपालगन्ज : बर्माका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायको सुरक्षाको माग गर्दै आईतवार नेपालगन्जका मुस्लिम नागरिक अगुवाद्वारा बिरोध ¥याली प्रदर्शन गरिएको छ । पछिल्लो समयमा बर्मामा भड्किएको जातिय हिंसाको कारण त्यहाँ रहेका अल्पसंख्यक रोहिंंग्या समुदायमाथि भैरहेको अमानविय कार्यको बिरोध गर्दै बाँकेका मुस्लिम समुदायले बिरोध ¥यालीको आयोजना गरेर सरकारलाई ज्ञापनपत्र […]

सम्बन्धित