हतियारसहित राना जमुनाहबाट पक्राउ

१७ भाद्र २०७४, शनिबार १४:२१
 

सदरलाइनडटकम  
१७  भदौ, नेपालगन्ज : भारतबाट नेपाल फर्कदै गरेका सुर्खेतका एक किशोर प्रतिबन्धित हतियार राखेको अभियोगमा प्रहरी नियन्त्रणमा परेका छन् ।

नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलिले हेर्दा पेस्तोल जस्तै देखिने एयरपेस्तोलसहित सुर्खेत, भेरीगंगा नगरपालिका वडा नं. ९ जहडेका २९ बर्षिय लालसिंह राना सो हथियारसहित पक्राउ परेका हुन ।


ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज तथा प्रहरी नायव निरिक्षक सुधिर खड्काले पक्राउ परेका राना भारतमा काम गर्ने र घर आउदा गाउघरमा चराचुरुङ्गी मार्नको लागि सो एयरगन ल्याएको सोधपुछका क्रममा भनेको बताए । उनले पक्राउ परेका रानालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रातो नंबरका ईरिक्सा प्रहरीले नियन्त्रणमा लिएपछि चालक आन्दोलनमा

१७ भाद्र २०७४, शनिबार १४:२१
सदरलाइनडटकम १७ भदौ, नेपालगन्ज : निजि प्रयोजनको लागि लिएर भाडामा प्रयोग गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगन्ज उप–महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्युतिय रिक्सा, अटो र टेम्पोलाई नियन्त्रणा लिएको छ । अटो रिक्सा, ईरिक्सा चालकहरु आफ्नो रोजीरोटी माथि प्रहरीले बाधा अड्चन गरेको भन्दै उनीहरु सुर्खेतरोडमै नाराबाजी समेत गरेका छन् । […]