सदरलाइनडटकम
१५ साउन, नेपालगन्ज : सिचाई मन्त्री सञ्जय गौतमले १ महिना भित्र जनताले महसुस गर्ने गरि आफुले काम गर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गौतमले आफु सिचाई मन्त्री भैसके पछी सिचाईको सन्दर्भमा थुपै्र परिवर्तन गरेर देखाउने बिश्वास दिलाए ।
गौतमले आफु मन्त्री भैसकेपछी मन्त्रालयको ब्रिफिङ्ग समेत नलिएर आफ्नो जिल्लाका समस्याका बारेमा बुझन आएको बताउँदै केही दिनमै सिचाईको क्षेत्रमा परिवर्तनको अनुभुती दिलाउने दाबी गरे ।
मन्त्री गौतमले आफु गाडिमा झण्डा हल्लाउनका लागि मात्रै मन्त्री नभएको उल्लेख गर्दै आफनो कार्यकालसम्म जनताले महुसुस गर्ने गरी सेवा गर्ने आश्वासन दिए । बाँके र बर्दियाको बाढि, डुवान, कटान लगाएतका समस्यालाई आफुले नजिकबाट नियालेको बताउँदै मन्त्री गौतमले आफनो कार्यकालमा जनताका समस्यालाई समधान गरेर छाडने उदघोष गरे । आफु बहुप्रतिष्ठित सिक्टा सिचाई आयोजना, भेरी बबई डाईभर्सन आयोजना लगाएतका राष्ट्रिय गौरबका आयोजना संग नजिक भएको र यस क्षेत्रकै सांसद भएकोले सरकारले आफुलाई सिचाई मन्त्रीको जिम्मेवारी सुम्पिएको बताउँदै मन्त्री गौतमले आफनो छोटो कार्यकालमै राष्ट्रिय गौरबका आयोजनाहरुलाई दु्रत गतिममा अगाडी बढाउने बताए । यसैबीच मन्त्री गौतमले आईतबार सिक्टा सिचाई आयोजनाको निरिक्षण गरेका छन् ।