२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

तीन दिनमा ५ लाख १८ हजारसहित ३ कर्मचारी अख्तियारको नियन्त्रणमा



भुमि सुधार कार्यालय बाँकेका नासु २० हजार घुससहित पक्राउ

सदरलाइनडटकम   
२४ जेठ, नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यपश्चिम क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय कोहलपुरले बितेका तीन दिनमा तीनजना कर्मचारीलाई करिव सवा ५ लाख घुससहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
अख्तियारले तीन दिनमा ५ लाख १८ हजार विभिन्न सेवाग्राहीसंग घुस लिदालिदै रंगेहात दुई नायव सुब्बा र एक लेखन्दास गरी तीनजना कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।
मालपोत कार्यालय बाँकेका दुई जना कर्मचारीलाई ४ लाख ९८ हजार रुपैया घुस सहित पक्राउ गरेको दुई दिनपछि भुमि सुधार कार्यालय बाँकेका नायव सुब्बालाई २० हजार घुस सहित रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीबाट २० हजार रुपिया घुस लिदैं गरेको अवस्थामा भुमि सुधार कार्यालय बाँकेमा कार्यरत नायब सुब्बा शैलेन्द्रकुमार कर्णलाई बुधबार दिउसो पक्राउ गरिएको हो ।
नायव सुब्बा कर्णले जग्गा बाडफाँड गर्ने प्रयोजनका लागि बिभिन्न बहानामा घुस रकम माग गरि रहेको भन्ने सूचना एवम उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले बुधबार कार्यालय परिसरबाटै घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भईरहेको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए ।
यसैबीच मालपोत कार्यालय बाँकेका खरिदार नरबहादुर सारुमगर र लेखनदास सर्जु थापाले कारकादोमा रहेको जग्गाको निर्णय प्रमाणित गरी विक्रि गर्ने प्रयोजनको लागि विभिन्न बहानामा घुस रकम माग गरि रहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले गत सोमबार राती ९ बजेतिर सारुमगर र थापालाइ सेवाग्राहीबाट चार लाख अन्ठानब्बे हजार घुस रकम लिदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
पछिल्लो तीन दिनमा अख्तियारले तीन जना कर्मचारीबाट गरी ५ लाख १८ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । अख्तियारले अहिलेसम्म गरेको स्ट्रि«ङ् अपरेशनमा सबै भन्दा ठूलो रकम सहित कर्मचारी पक्राउ गर्न सफल भएको हो ।
अख्तियारको कोहलपुरस्थित कार्यालयले हालसम्म २३ जना सरकारी कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । जसमा १६ जना बाँकेका बिभिन्न कार्यालयका कार्यरत कर्मचारी रहेका छन् ।

प्रकाशित मिति : २०७४ जेठ २४ गते बुधबार
ताजा समाचार