नेपालगन्जको सुर्खेतरोडमा रहेको श्रेया ईन्टेरियरमा भिषण आगलागी

१४ जेष्ठ २०७४, आईतवार १२:०४
 

सदरलाइनडटकम  
१४ जेठ, नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोडमा आईतबार बिहान भिषण आगलागी भएको छ । विहान करिब ९ बजे भएको सो आगलागी दुई दमकल र सयौको संख्यामा परिचालन भएका प्रहरीले नियन्त्रणमा लिने प्रयास जारी
छ ।
नेपालगन्जको धम्बोझीचोक र पुष्पलाल चोकको बीचमा रहेको होटल सम्मानसंगै सटेको व्यावसायी पंकज श्रेष्ठले सञ्चालन गरेको श्रेया ईन्टेरियर ईण्डष्ट्रिज प्रालिमा एक्कासी आगलागी भएको हो ।
सो आगो नियन्त्रणमा लिनको लागि नेपाल प्रहरीका हजारबढी जनशक्तिसंगै सशस्त्र प्रहरी र नेपाली सेनाको जनशक्ति परिचालित भए पनि आगो नियन्त्रणमा लिनको लागि हम्मेहम्मे भएको छ ।
दमकलमा पानीको अभाव भएपछि नेपाल प्रहरीका तालिमे प्रहरीदेखि प्रहरी अधिकृतहरुले करिब डेढ किलोमिटर टाढा रहेको तालिम केन्द्रबाट बाल्टीमा पानी भरेर घटनास्थल पुगेका थिए ।
आगो नियन्त्रण बाहिर जाने खतरा भएकोले दमकललाई नजिकै रहेको होटल सिटि प्यालेसले पानी भरेर सहयोग पु¥याएको थियो । आगो नियन्त्रणमा लिने क्रममा एकजना प्रहरी र एकजना नेपाली सेना घाइते भएका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगो निभाउन यसरी खटेका थिए प्रहरीको जनशक्ति (फोटो फीचर )

१४ जेष्ठ २०७४, आईतवार १२:०४
सदरलाइनडटकम १४ जेठ, नेपालगन्ज : आईतबार बिहानै नेपालगन्जको सुर्खेतरोडमा रहेको श्रेया ईन्टेरियर प्रालिमा एक्कासी आगलागी भयो । विहानको ९ बजे भएको सो घटनामा आगो निभाउनको लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र घर आसपासका व्यक्तिहरु मात्र खटेका थिए । दुई दमकलमा ल्याएको पानीले एकछिन नियन्त्रणमा लिएको आगो दमकल पानी भर्न […]