विश्वजगत

बाँकेका एक युवकको साउदीमा निधन

बाँकेका एक युवकको साउदीमा निधन

    प्रकाशित मितिः आइतवार, मंसिर १६, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा पुगेका बाँके राप्तीसोनारी गाउँपालिका–१ बैरियाका अरुण भनिने बेदनिधि चापागाईको मृत्यु भएको छ । उनको ब्रेन हेम्रेजका कारण मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । दुई दिनअघि अत्याधिक टाउको दुखेर अचेत भएपछि चापागाईलाई अस्पताल भर्ना गरिएको थियो । ३२ बर्षीय चापागाईको शनिवार मृत्यु भएको पुष्टि भएको छ । साउदी अरबको जेद्दास्थित अलमाराई कम्पनीमा व
राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

    प्रकाशित मितिः शनिबार, मंसिर १५, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलनमा सहभागी हुन शनिवार त्यसतर्फ प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । भ्रमणमा वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ । राष्ट
अफगानिस्तानको मस्दिजमा बम आक्रमण, १२ जनाको मृत्यु

अफगानिस्तानको मस्दिजमा बम आक्रमण, १२ जनाको मृत्यु

    प्रकाशित मितिः शनिबार, मंसिर ८, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मन्दोजाई जिल्लास्थित एक मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । मृत्यु र घाईते हुने सबै अफगान राष्ट्रीय सेनाका सुरक्षाकर्मी भएको खोस्ट सुरक्षा वेशका प्रवक्ताले जनाएका छन् । मस्दिजमा पूजाका लागि ठूलो संख्यामा धर्मावलम्बीहरु पुगेका बेला सैनिकहरु रहेको स्थानमा आक्रमण भएको प्रान्तीय गभर्नर हाकाम खान हा
अष्ट्रेलियामा रातो धुलोसहितको आँधी

अष्ट्रेलियामा रातो धुलोसहितको आँधी

    प्रकाशित मितिः बिहिबार, मंसिर ६, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : अष्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले सिड्नी आसपासको जनजीवन कष्टकर भएको छ । अधिकारीहरुले बिहीवार आएको आँधीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने भनेर सावधान गराएका छन् । ५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको आँधीले सहर घेर्न थालेको र यसबाट सबैले सावधान अपनाउनुपर्ने उनीहरुले बताएका छन् । न्यू साउथ वेल्सका धेरैजसोे क्षेत्रमा यस आँधीको कारणले हेर्न
ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने हुथी विद्रोहीको घोषणा

ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने हुथी विद्रोहीको घोषणा

    प्रकाशित मितिः सोमवार, मंसिर ३, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : यमनको हुथी विद्रोही समूहले संयुक्त राष्ट्रसंघको आग्रहमा केही समयका लागि ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गरेको छ । यमन विश्वकै मानवअधिकारको हनन् र संकट देखा परेको देशमा परेको र विगत तीन वर्षदेखि जारी संघर्ष अन्त्यका लागि संयुक्त राष्ट्रसंघले बिद्रोहीलाई वार्तामा बोलाई बारम्बार युद्धबिरामका लागि पहल जारी नै राखेको छ । संयुक्त राष्ट्रसंघको यही अनुरोधकै कारण हुथी बिद्
साउदी युवराजको निर्देशनमा पत्रकार खशोग्जीको हत्या भएको ‘सीआइए’को निश्कर्ष

साउदी युवराजको निर्देशनमा पत्रकार खशोग्जीको हत्या भएको ‘सीआइए’को निश्कर्ष

    प्रकाशित मितिः शनिबार, मंसिर १, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकी गुप्तचर निकाय (सीआइए) साउदी पत्रकार जमाल खशोग्जीको हत्याका लागि साउदी अरबका युवराज मोहम्मद बिन सलमानले निर्देशन दिएको निश्कर्षमा पुगेको अमेरिकी सन्चारमाध्यमले जनाएका छन् । टर्कीले हत्यासँग जोडिएको टेप अमेरिका र साउदीलाई उपलब्ध गराएपछि सीआइएको रिपोर्ट सार्वजनिक भएको हो । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गत अक्टोबर २ मा खशोग्जीको हत्या भएको थियो । सा
थाइल्याण्डमा बक्सिङ रिङमै बालकको मृत्यु

थाइल्याण्डमा बक्सिङ रिङमै बालकको मृत्यु

    प्रकाशित मितिः बुधबार, कार्तिक २८, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : थाइल्याण्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी विरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ । थाई बक्सिङ देशैभर निकै लोकप्रिय छ र युवा अवस्थामै धेरै खेलाडी प्रतिष्ठा एवं धनको लोभमा यस खेलमा आकर्षित हुने गरेका छन् । तर जतिसुकै आलोचना भएपनि १० वर्ष नपुग्दै रिङमा बालबाल
क्यालिफोर्नियाको जंगलमा फैलिएको आगोबाट ४४ जनाको मृत्यु

क्यालिफोर्नियाको जंगलमा फैलिएको आगोबाट ४४ जनाको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा फैलिएको आगो अलिहेसम्मकै घातक बनेको छ । आगोमा परी ज्यान गुमाएका थप १३ जनाको शवको अवशेष उत्तरी क्यालीफोर्नियामा भेटेपछि यो डढेलो राज्यको इतिहासकै सबैभन्दा घातक बनेको हो । आगोमा परि हालसम्म ज्यान गुमाउनेको संख्या ४४ पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । यसअघि सन् १९३३ मा लस एञ्जल्सको एउटा पार्कमा आगलागी हुँदा ३३ जनाको मृत्यु भ
इबोलाका कारण कंगोमा मर्नेको संख्या दुई सय नाघ्यो

इबोलाका कारण कंगोमा मर्नेको संख्या दुई सय नाघ्यो

    प्रकाशित मितिः आइतवार, कार्तिक २५, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या दुई सय नाघेको छ । कंगोका स्वास्थ्य अधिकारीका अनुसार देशमा फैलिएको इबोलामा महामारी अहिले थप जोखिमयुक्त बन्दै गएको छ । उत्तरी किभु क्षेत्रको बेनी शहर सबैभन्दा बढी प्रभावित भएको छ । ज्यान गुमाउनेमा आधा भन्दा बढी यहि शहरका छन् । यो शहरमा ८ लाख मानिसको बसोबास रहेको छ । इबोलाविरुद्धक
क्यालिफोर्नियामा आगलागीमा परी नौ जनाको मृत्यु

क्यालिफोर्नियामा आगलागीमा परी नौ जनाको मृत्यु

    प्रकाशित मितिः शनिबार, कार्तिक २४, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण ९ जनाको मृत्यु भएको छ । क्यालिफोर्निया राज्यको उत्तरी भागबाट यात्रा गरिरहेका व्यक्तिहरूको सवारी साधनलाई आगोले छोएको थियो । त्यसपछि ती सवारीमा रहेका ९ जनाको भएको बताइएको छ । क्यालिफोर्निया राज्यको उत्तरतर्फ रहेको बुटे काउन्टीमा ती व्यक्ति आगोमा परेका हुन् । उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको