युएई सरकारद्वारा २६७ नेपाली नागरिकलाई आममाफी

एजेन्सी १८ माघ २०८२, आईतवार १७:३९
 

संयुक्त अरब इमिरेट्स (युएई) ले ५४ औं ईद अल इतिहाद राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली नागरिकलाई आममाफी दिएको छ। आममाफी दिएपछि आइतबार नेपाल सरकारले आभार र कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिकहरूलाई युएई सरकारले आममाफी दिएको जानकारी दिएको हो। ‘नेपाल सरकारले यस प्रकारको आममाफीलाई नेपाल–युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भावना र सौहार्दताको प्रतिफलका रूपमा उच्च मूल्याङ्कन गरेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आममाफीका लागि परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटक अनुरोध गरेको थियो। त्यसैको फलस्वरूप आममाफी प्रदान भएको पनि मन्त्रालयले जनाएको छ। आममाफी पाउने नेपाली नागरिकको अन्य कुनै मुद्दा विचाराधीन नरहेमा नेपाल फर्किन सक्ने पनि मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका साना निर्माण व्यवसायी समस्यामा

१८ माघ २०८२, आईतवार १७:३९
नेपालगञ्ज : समयमा भुक्तानी नहुँदा बाँकेका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन् । जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका १० प्रतिशत साना निर्माण व्यवसायी भुक्तानी समस्याका कारण प्रत्येकवर्ष पलायन हुने गरेको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष लीलाराज उपाध्यायले बताए । जिल्लामा सङ्घमा आवद्ध ६५३ निर्माण व्यवसायीमध्ये १० प्रतिशत […]