समाचार सारांश
- सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा United Nations Committee of Experts on Public Administration को २५औँ सत्रमा सहभागी हुन New York City पुगेका छन्।
- बैठकमा सुशासन, पारदर्शिता, डिजिटल रूपान्तरण र सार्वजनिक विश्वास पुनर्निर्माणबारे विश्वव्यापी छलफल भइरहेको छ।
- सत्रले सार्वजनिक प्रशासन सुधार, जवाफदेहिता अभिवृद्धि र दिगो विकास लक्ष्य हासिल गर्न बहुपक्षीय सहकार्यमा जोड दिएको छ।

न्यूयोर्क : सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा संयुक्त राष्ट्र संघको सार्वजनिक प्रशासनसम्बन्धी विज्ञ समिति (सिपा) को २५ औं सत्रमा भाग लिन अमेरिका पुगेका छन् ।
संयुक्त राष्ट्र संघको मुख्यालयमा सुरु भएको बैठकमा सहभागी हुनका लागि उनी अमेरिका पुगेका हुन । सार्वजनिक संस्थाहरूलाई सुदृढ पार्ने र सार्वजनिक विश्वास पुनर्निर्माण गर्ने उद्देश्यले सुधारहरूबारे छलफल गर्न विश्वव्यापी शासन विज्ञहरू, नीति निर्माताहरू र नागरिक समाजका प्रतिनिधिहरूलाई बैठकमा एकसाथ सहभागी गराइएको छ ।
सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले न्यूयोर्कमा उच्चस्तरीय सत्रमा भाग लिनुका साथै शासन, पारदर्शिता र संस्थागत विकासमा विश्वव्यापी छलफलमा संलग्न भएका छन ।

सिपा सत्र सार्वजनिक प्रशासन प्रणाली सुधार गर्ने, जवाफदेहिता बढाउने र बलियो बहुपक्षीय सहयोग र नवीन शासन अभ्यासहरूमार्फत दिगो विकास लक्ष्यहरूतर्फ प्रगतिलाई तीव्र पार्ने कुरामा बैठक केन्द्रित रहेको लामाले बताए ।
बैठकका विज्ञहरूले आजको विश्वव्यापी वातावरणमा समावेशी नीति निर्माण, डिजिटल रूपान्तरण र सरकार र नागरिकहरूबिच नवीकरण गरिएको विश्वासको आवश्यकतालाई प्रमुख प्राथमिकताका रूपमा जोड दिइएको उनले बताए ।
सत्र हप्ताभरी शासन ढाँचा र संस्थागत लचिलोपनलाई सुदृढ पार्न संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई सहयोग गर्ने उद्देश्यले विषयगत प्यानलहरू र नीतिगत छलफलहरू जारी रहेको लामाले बताए ।


