२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

विश्व पर्यटन दिवसको अवसरमा नेपाल–भारत सीमाको जमुनाहमा सरसफाइ



नेपालगञ्ज : ४७ औँ विश्व पर्यटन दिवसको अवसर पारेर नेपालगञ्ज पर्यटन परिषद्ले नेपाल–भारत जमुनाहा नाकामा आइतबार सरसफाइ गरेको छ ।

नेपालगञ्ज पर्यटन परिषद्को संयोजकत्वमा नाटा बाँके च्याप्टर, हान बाँके, होटल व्यवसायी संघ बाँके, सामुदायिक प्रहरी बाँकेको सहकार्यमा नेपालगञ्ज नाकाको मुख्य प्रवेशद्वार जमुनाहा नाकामा सरसफाइ कार्यक्रम गरिएको हो ।

भारत लगायत तेस्रो देशबाट नेपालगञ्ज हुँदै भित्रिने पर्यटकहरूलाई स्वच्छ र सफा वातावरण प्राप्त होस् भन्ने उद्देश्यका साथ सीमा नाकामा सरसफाइ गरेर पर्यटकहरूलाई सकारात्मक सन्देश दिन खोजिएको पर्यटन परिषद्का अध्यक्ष केशवराज न्यौपानेले बताए ।

उनले सीमा पारिबाट आउने पर्यटकसँग राम्रो र सम्मानपूर्ण व्यवहार गर्न नाकामा खटिएका सुरक्षाकर्मीलाई सो अवसरमा आग्रह गरिएको अध्यक्ष न्यौपानेले बताए ।

सरसफाइ कार्यक्रममा नेपालगञ्जका होटल व्यवसायी, पर्यटन व्यवसायी लगायत सुरक्षाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार
ताजा समाचार