२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

घुससहित दाङमा प्रहरी नायब निरीक्षक पक्राउ



सदरलाइनडटकम,
नेपालगञ्ज : दाङमा एकजना प्रहरी नायव निरीक्षक (सई) घुससहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत सई हेमन्त केसीलाई सात हजार घुस लिँदालिँदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकार लोकमणी पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य ‘केस’मा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै सई केसीले सात हजार रकम घुस लिएको अख्तियारको आरोप छ । पक्राउ परेका केसीलाई अख्तियारको टोलीले नेपालगञ्ज ल्याएको छ ।

प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार
ताजा समाचार