२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

सिन्धुपाल्चोक दुर्घटनामा मृतकको संख्या १२ पुग्यो



सदरलाइनडटकम,
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । त्यस्तै गम्भीर घाइते भएका १३ जनालाई काठमाण्डौ ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जनाकारी दिए । मृतक पाँच सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा जुनादेवी लम्साल, सुभाष अधिकारी, गणेश तामाङ, मीना मगर र सुमित पुर्कुटीको सनाखत भएको हो । अन्यको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए । बा २ ख २७१५ नम्बरको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रबार
ताजा समाचार