२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

चारकिलो अफिमसहित तीनजना प्रहरी नियन्त्रणमा



सदरलाइनडटकम,
नेपालगञ्ज  : पाँच नंम्बर प्रदेश प्रहरी व्यूरोको टोलीले नेपालगञ्जको न्यूरोडको एक गेष्ठ हाउसबाट ४ किलो प्रतिबन्धित लागू औषध अफिमसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।

व्यरोका प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको प्रहरीको टोलीले नेपालगञ्जको न्यूरोडमा रहेको कान्तिपुर गेष्ठहाउसको ३०५ नं. कोठबाट जाजरकोट डाँडागाउ घर भई हाल गुलरिया नगरपालिका–८ बर्दिया बस्ने वर्ष २८ को बालकृष्ण थापा, २६ वर्षको डम्बर थापा र रोल्पा थवाङ्ग गाउपालिका बस्ने २७ वर्षिय दुख रोकायको साथबाट ४ किलो अफिम बरामद गरेको थियो ।

पाँच नं. प्रदेश प्रहरी व्यूरोका प्रहरी निरिक्षक क्षेत्रीले बरामद अफिम सहित प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई थप अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको बताए ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिबार
ताजा समाचार