धार्मिक

राम र सीताको पूजा गरी विवाहपञ्चमी मनाईंदै

राम र सीताको पूजा गरी विवाहपञ्चमी मनाईंदै

    प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आइतवार भगवान श्रीराम र माता सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आइतवार आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।
हज गर्न मक्का जानेका लागि आवेदन खुल्यो

हज गर्न मक्का जानेका लागि आवेदन खुल्यो

    प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज  : आगामी वर्ष अर्थात सन् २०२० मा नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान चाहने नेपाली मुसलमानहरुका लागि आवेदन खुलेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको नेपाल हज समितिले गत आइतबारदेखि मंसिर १ गतेदेखि ३० गतेसम्मका लागि आवेदन खुला गरेको हो । यात्रीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत अथवा गृहमन्त्रालयको वेबसाइटमार्फत् फारम भर्न सक्ने मन्त्रालयले जनाएको छ ।
नेपालगञ्जमा लक्ष्मीनारायण साधना शिविर हुने

नेपालगञ्जमा लक्ष्मीनारायण साधना शिविर हुने

    प्रकाशित मितिः बुधबार, कार्तिक २७, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जमा लक्ष्मीनारायण साधना शिविर हुने भएको छ । सो कार्यक्रम माँ भगवती नारायण सिद्धाश्रम साधक परिवारको आयोजनामा हुने भएको हो । सदगुरुदेव डा. नारायण दत्त श्रीमालीको महाराजद्वारा स्थापित अन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन लागेको शिविरमा करिव एक हजार भन्दा बढिको उपस्थिति हुने आयोजकले जनाएको छ । यसैगरी कार्यक्रमको बारेमा जानाकारी दिदै साधक परिवार न
हर्षोल्लासका साथ मनाइयो गुरुनानक जयन्ती

हर्षोल्लासका साथ मनाइयो गुरुनानक जयन्ती

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २६, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : सिख धर्मावलम्बीहरुले मंगलवार बाँकेसहित विश्वभरमा प्रकाशोत्सव अर्थात् गुरुनानक जयन्ती हर्षोल्लासका साथ मनाएका छन् । श्री गुरुनानक देवको ५५०औं जन्मोत्सव मनाइएको हो । जन्मजयन्तीका अवसरमा नेपालगञ्जको बीपी चोकस्थित श्री गुरु नानक सिँह सभा गरुद्वारामा गुरुग्रन्थको पाठसहित कीर्तन भजन गरिएको छ । भारतको लुधियाना पजांबबाट आएका धर्मप्रचारक एवं ज्ञानीहरुको समूहले गरुद्वारामा तीन दिन
विविध कार्यक्रम गरी फाल्गुनन्द जयन्ती मनाईंदै

विविध कार्यक्रम गरी फाल्गुनन्द जयन्ती मनाईंदै

    प्रकाशित मितिः सोमवार, कार्तिक २५, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्वपूर्ण योगदान दिएका छन् । उनले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखितरुपमा ल्याउन शुरुवात गरेका थिए । उनको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यध
‘मोहम्मद डे’मा बिदा नदिएको भन्दै मुस्लिम समुदाय आक्रोशित

‘मोहम्मद डे’मा बिदा नदिएको भन्दै मुस्लिम समुदाय आक्रोशित

    प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन ‘मोहम्मद डे’को अवसरमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले बिदा घोषणा नगरी समुदाय प्रति बिभेद गरेको यहाँका मुस्लिम अगुवाहरुले आरोप लगाएका छन् । नेपाल हज कमिटीका सदस्य मेराज हिमालयले समुदायको महत्वपूर्ण पर्वहरुमा बिदा नदिई आफुहरुप प्रति बिभेद गरेको आरोप लगाए । जामा मस्जिद संञचालक समितिका पूर्व अ
धुमधामका साथ मनाईयो ‘मोहम्मद डे’

धुमधामका साथ मनाईयो ‘मोहम्मद डे’

    प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज  : ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन ‘मोहम्मद डे’ बाँकेको नेपालगन्जमा धुमधामका साथ सम्पन्न भएको छ । ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको अरबी १ तारिखदेखि १२ तारिखसम्म टोल गल्ली सजावट गर्ने र आइतबार १२ तारीखको दिन मोहम्मदी जुलूस निकाल्ने मुस्लिम समुदायको चलन रहे अनुसार आइतबार बिहानैदेखि नेपालगञ्जमा मोहम्मदी
अयोध्याको विवादित जमिनमा राम मन्दिर बन्ने

अयोध्याको विवादित जमिनमा राम मन्दिर बन्ने

    प्रकाशित मितिः शनिबार, कार्तिक २३, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : ऐतिहासिक अयोध्या विवादमा शनिवार भारतीय सर्वोच्च अदालतले आफ्नो फैसला सुनाएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा पाँच जना न्यायाधीशको संवैधानिक पीठले सर्वसहमतिबाट फैसला सुनाएको हो । पीठमा प्रधानन्यायाधीश रञ्जन गोगोईसँगै न्यायाधीशहरु धनञ्जय यशवंत चन्द्रचूड, शरद अरविंद बोबडे, अशोक भूषणसँगै अब्दुल नजीर थिए । सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन
ब्राहमण समाज नेपालगञ्जमा भण्डारी

ब्राहमण समाज नेपालगञ्जमा भण्डारी

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : आफ्नो जातियपहिचान र अधिकार संरक्षणको लागि ब्राहमण समाजले नेपालगञ्ज उपमहानगर स्तरिय कार्यसमिति निर्माण गरेको छ । नेपालगञ्जको बेलापुरमा रहेको कालिमाई मन्दिरमा शुक्रबार भएको भेलाले जनकराम भण्डारीको अध्यक्षतामा पछि सबै वडालाई समेट्ने गरी हाललाई ९ सदस्यीय नगरकार्य समिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा मणीप्रसाद भट्टराई, सचिवमा ध्रुवप्रसाद दाहाल, सह–सचिवमा गौरिशंकर
तुलसी विवाह गरी हरिबोधिनी एकादशी मनाईंदै

तुलसी विवाह गरी हरिबोधिनी एकादशी मनाईंदै

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : कार्तिक शुक्ल एकादशीका दिन शुक्रवार औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरि