मिथिला सेवा समाजको दोस्रो अधिवेशन सम्पन्न

सदरलाइन संवाददाता २३ श्रावण २०८३, शनिबार १७:१३
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा बसोबास गर्ने मैथिली भाषी समुदायको साझा संस्था मिथिला सेवा समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।
  • कार्यक्रममा मन्त्री भण्डारीलाल अहिरले संस्थाले सामाजिक एकता, भाइचारा र मैथिली कला–संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने बताउनुभयो।
  • अधिवेशनमा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ भने आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिने जनाइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेलाई कर्मथलो बनाएका मैथली भाषीहरुको साझा सस्था मिथिला सेवा सामाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरले यस्ता संघसंस्थाहरुले समाजमा एकता भाईचार कायम गर्दै आ–आफ्नो कला र संस्कृतिको संरक्षणमा टेवा पुराउने बताए ।

समाजका अगूवा भरत महतोले नेपालगञ्जमा बसोबास गर्दै आएका मैथली भाषा बोल्नेहरुलाई एउटै छानामुनी एकताबद्ध गर्दै सामाजिक आर्थक र सास्कृतीक लागागतको क्षेत्रमा क्रियाशिल रहेकालाई एकजुट पार्ने उदेश्यले मिथिला सेवा समाज गठन गरिएको जानकारी दिए ।

मैथली भाषा बोल्नेहरु बाँकेमा व्यवसाय सञ्चालन गर्ने, शिक्षण पेशा गर्ने, सुरक्षा निकायमा, स्वास्थ्य तथा निजामति लागायतको शेवामा कार्यारत रही बाँकेमै बसोबास गर्नेहरु करिब १ हजार घरधुरी रहेका छन ।

मिथिला संस्कृतीको संरक्षण गर्ने साथै विभिन्न समाजिक कार्यमा योगदान दिएका केही व्यक्तिहरुलाईसम्मान गरिएको थियो । समाजका अध्यक्ष रामलोचन शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बलराम यादव, मिनबहादुर मल्ल, उषा शाहलगायतको उपस्थिति रहेको थियो । अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्र्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण बारबर्दियामा

२३ श्रावण २०८३, शनिबार १७:१३
समाचार सारांश Generated Using AI बाँकेमा बसोबास गर्ने मैथिली भाषी समुदायको साझा संस्था मिथिला सेवा समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।कार्यक्रममा मन्त्री भण्डारीलाल अहिरले संस्थाले सामाजिक एकता, भाइचारा र मैथिली कला–संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने बताउनुभयो।अधिवेशनमा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ भने […]

सम्बन्धित