सुरक्षा निकायलाई बैशाख ३१ केन्द्रित रहन गृहमन्त्रीको निर्देशन

४ बैशाख २०७४, सोमबार १८:४२
 

सदरलाइनडटकम
४ बैशाख, नेपालगन्ज : सरकारका उप–प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले सबै सुरक्षा निकायलाई बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षामा केन्द्रित रहन निदेर्शन दिएका छन् ।
सोमबार बिहान नेपालगन्जमा मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको उद्दघाटन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले सो निर्देशन दिएका हुन । उनले मुलुक संघिय संरचना अनुसार भए पनि राज्यले प्रदेश अनुसारको सुरक्षा संयन्त्र निर्माण गरि नसकेको कारण पुरानै ढाँचामा गोष्ीठको आयोजना गर्नु परेको बताए ।
उनले संविधान नमान्ने र निर्वाचनको विषयलाई लिएर केहीको असंतुष्टि रहेकोले ती असंतुष्टि मै निर्वाचन सम्पन्न गर्न पर्ने भएकोले सुरक्षा चुनौती थपिएकोले चारै वटा सुरक्षा निकायले एक आपसमा कोर्डिनेशन गरी कार्यसम्पादन गर्न आवश्यक रहेको औल्याए ।
उनले स्थानीय तहको निर्वाचनमा सेनाको सहभागिताको बारेमा बोल्दै सेना सुरक्षा समितिको अभिन्न अंग भएकोले सेनाको सहभागिताको बारेमा राष्ट्रिय सुरक्षा परिषद, मन्त्रिपरिषद हुँदै राष्ट्रपतिबाट निर्वाचन आयोगको परामर्श अनुरुप सहभागिता गराउने गरी तयारी भएको बताए ।
उनले भने–‘निर्वाचन सुरक्षालाई ध्यानमा राखेर निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पछिको सुरक्षा रणनीति र योजना बनाउने उद्देश्यले गोष्ठिको आयोजना गरिएकोले तपाईहरु आ–आफ्नो कार्य क्षेत्रमा रहेका सुरक्षा चुनौतीको विषयमा छलफल गर्दै निकास निकल्नु हुने छ ।’
उनले निर्वाचनको सुरक्षा निर्वाचन समयावधी भित्र, मतादानको दिन, मतदान केन्द्र, मात्रमा सिमित नभएर चौतर्फि सुरक्षाको प्रत्याभूती हुनुपर्ने कुरामा सचेत रहदै काम गर्न निर्देशन समेत दिए । उनले भने–‘संविधान बिरोधी, भुमिगत समुह, निर्वाचनमा भाग नलिने घोषणा गरेका विभिन्न राजनीतिक पार्टी आदीको सुरक्षा थ्रेटलाई ध्यानमा राखेर सु्रक्षा चुस्त दुरुस्त राख्नु होला ।’
उनले बिराटनगर, धनगढी हुँदै तेस्रो श्रृंखलाको रुपमा नेपालगन्जमा गोष्ठीको आयोजना गरी जिल्ला र क्षेत्रमा रहेका सुरक्षा चुनौतीहरुको पहिचान गरी राष्ट्रिय सुरक्षा परिसद र निर्वाचन आयोगको परामर्शमा सुरक्षा संयन्त्रलाई थप मजबुत बनाउदै परिचालन गरिने बताए ।
मध्यपश्चिमका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख सहभागी रहेको सुरक्षा गोष्ठिमा मध्यपश्चिमका १२७ वटा स्थानीय तहको निर्वाचनको सुरक्षाको विषयमा छलफल गर्ने र निकास निकाल्ने छन् ।
गृह सचिव लोक दर्शन रेग्मीको अध्यक्षतामा सम्पन्न गोष्ठिको स्वागत बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ र कार्यक्रम माथी प्रकाश गृह मन्त्रालयका सह–सचिव बालकृष्ण पन्थीले गरेका थिए ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जको मेयरमा काँग्रेसबाट शाहको दह्रो दावेदारी

४ बैशाख २०७४, सोमबार १८:४२
सदरलाइनडटकम   ५ बैशाख, नेपालगन्ज : स्थानीय तह निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट युवा नेता तथा संचार उद्यमी लक्ष्मीनारायण शाहको दह्रो दाबेदारी रहेको छ । विद्यार्थी राजनीतिदेखि निरन्तर नेतृत्वदायी भूमिकामा रहेका शाहले पार्टीको तर्फबाट कहिल्यै पनि लाभको पदमा नबसेका कारणले पनि आफ्नो दावेदारी रहेको युवा नेता शाहको दावी छ […]