२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

लायन्सद्वारा सार्वजनिक सवारीका चालकको निशुल्क आँखा जाँच



15232245_1979788208914809_8242664027148425911_n

सदरलाइनडटकम,
११ मंसिर, नेपालगन्ज : लामो तथा छोटो दुरीका सवारी चालकको लागि लक्षित गरी लायन्स क्लव अफ नेपालगन्ज मिड टाउनले निशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । सो शिविरमा १ सय ३० जना सवारी चालकको आँखा जाँच गरिएको छ ।
सार्वजनिक सवारीका साधन दुर्घटनाबाट जोगाउन लायन्सले सवारी चालकलाई नै लक्षित गरी उनीहरुको लागि निशुल्क आँखा शिविर राखिएको लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बि–२ का पूर्व डिष्ट्रिक गर्भनर लायन सेम शाक्यले जनाकारी दिए ।
आँखा जाँच शिविरमा आएका ७५ जना सवारी चालकमा नजिकको दृष्टी कमजोर भएको पाईएकोले नजिकको अक्षर पढ्न सकिने चस्मा निशुल्क प्रदान गरिएको लायन्स क्लव अफ नेपालगन्ज मिड टाउनका अध्यक्ष टेकराज प्याकुरेलले जानकारी दिए ।
शिविरमा सवारी चालक सँगै अन्य सर्वसाधारणको समेत आँखा जाँच गरिएको लायन्स क्लव अफ नेपालगन्ज मिड टाउनका प्रथम उपाध्यक्ष रेवती सिंहले बताइन् । उनका अनुसार शिविरमा २ सय १३ जनाको आँखा जाँच गरिएको छ ।
सवारी चालकलाई आँखा जाँच गराउने समय नमिल्ने भएकोले बसपार्कमै शिविर संचालन गरेर आँखा जाँच गरिएको उनले बताइन् । ‘सवारी चालकको आँखा जाँच सकिएपछि सर्वसाधारणको समेत जाँच गरेका छौँ,’ उनले भनिन् ।

15218252_10202356172861721_1982120208_n
आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँकेको भवनमा भएको शिविरमा १ सय ५१ जनालाई निशुल्क औषधि प्रदान गरिएको थियो । लायन्स क्लव अफ नेपालगन्ज मिड टाउनको नियमित कार्यक्रम अन्तरगत आँखा शिविर आयोजना गरिएको अध्यक्ष प्याकुरेलले बताए । उनले भने, ‘हरेक महिना गरिने सामाजिक कार्य अन्तरगत यसपाली आँखा शिविर संचालन भएको छ ।’
यसैवीच, लायन्स क्लव अफ नेपालगन्जले आयोजना गरेको मधुमेह, थाईराइड तथा हर्मोन रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरको उद्घाटन समारोहमा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बि २ का फस्ट भाइस गभर्नर मधुसुदन शर्मा रिजाल, पूर्व डिष्ट्रिक्ट गभर्नर सेमराज शाक्य, लायन्स क्लव अफ नेपालगन्जका प्रिसिडेन्ट गोपाल प्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।
लायन्स डेन्टल हस्पिटलमा भएको शिविरमा आएकाहरुको मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशीले जाँच गरेको लायन्स क्लवले जनाएको छ । जाँचपछि रोग देखिएका विरामीलाई १० दिनको निशुल्क औषधी समेत प्रदान गरिएको लायन्स क्लव अफ नेपालगन्जका प्रिसिडेन्ट अधिकारीले जानकारी दिए । उक्त शिविरमा काठमाडौँ डाइविटिज एण्ड थाईराइड सेन्टर जावलाखेलले प्राविधिक सहयोग गरेको थियो ।

 15227846_10202356173061726_851754149_n

प्रकाशित मिति : २०७३ मंसिर ११ गते शनिबार
ताजा समाचार