२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

बाँकेका एसपी अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार



नेपालगञ्ज : ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’ प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अनुसन्धान तथा प्रहरी सेवालाई प्रभावकारी बनाउने जिम्मेवारीमा रहेका एसपी जिसीलाई प्रदान गरिएको यो सम्मान बाँके प्रहरीका लागि अर्को महत्वपूर्ण उपलब्धि बनेको छ ।

जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा सुरक्षा चुनौतीको व्यवस्थापन, प्रहरी जनशक्तिको परिचालन, अपराध नियन्त्रणका गतिविधि तथा नागरिकलाई प्रदान गरिने सेवाको प्रभावकारिता महत्वपूर्ण पक्षका रूपमा रहन्छन् ।
प्रहरी उपरिक्षक जिसीलाई प्रदान गरिएको पुरस्कारले प्रहरी सेवामा व्यावसायिक दक्षता, कर्तव्यनिष्ठा र जिम्मेवारीबोधको महत्वलाई थप स्थापित गरेको छ ।

प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन र त्यसको सम्मानले कर्मचारीको मनोबल बढाउन मात्र नभई संगठनमा सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्नसमेत सहयोग पुर्‍याउँने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार
ताजा समाचार