वीपी कोइरालाको ११३औँ जन्मजयन्तीमा विभिन्न कार्यक्रम

सदरलाइन संवाददाता २४ भाद्र २०८३, बुधबार १२:०५
 
समाचार सारांश
Generated Using AI
  • नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
  • यसैक्रममा नेपाली कांग्रेस बाँकेले नेपालगञ्जस्थित बीपी चोकमा बीपीको शालिकमा माल्यार्पण गर्दै उनको राजनीतिक तथा साहित्यिक योगदानको चर्चा गरेको छ।
  • प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका बीपीको नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको र २००७ सालको प्रजातान्त्रिक क्रान्तिमा महत्वपूर्ण योगदान रहेको कार्यक्रममा स्मरण गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपाली कांग्रेसका संस्थापक एवम पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ११३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदै छ ।

वीपी कोईराला नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका व्यक्ति हुन । यसक्रममा नेपाली कांग्रेस बाँकेले बिहान स्थानीय वीपी चोकमा कार्यक्रम राखेर शालिकमा माल्यार्पण गर्दै उनले नेपाली राजनीति र साहित्यमा दिएको योगदानको चर्चा गरिएको छ ।

कांग्रेस बाँँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्व एवम पार्टीका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमकांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले सन्चालन गरेका थिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइराला वि.सं. १९७१ भदौं २४ गते जन्मिएका थिए । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।भारत निर्वासनमै वीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिएका थिए ।

भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न वि.सं. २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसदमा दोस्रो दलको रुपमा रहेको छ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि बीपीको योगदानको चर्चा गरिदै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *