माईती नेपालद्वारा नेपालगञ्जको जमुनाह नाकाबाट एकवर्षमा चार सय ६४ जनाको उद्धार

सदरलाइन संवाददाता २२ भाद्र २०८३, सोमबार १७:२०
 
समाचार सारांश
Generated Using AI
  • माइती नेपाल नेपालगञ्जले आर्थिक वर्ष २०८२/८३ मा जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपाली नागरिकको उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको जनाएको छ।
  • यस अवधिमा भारतका विभिन्न स्थानबाट श्रम तथा यौन शोषणमा परेका १० जनाको उद्धार गरिएको छ भने हराएका आफन्तको खोजीका लागि परेका १,०१८ निवेदनमध्ये ५६८ जना फेला परेका छन्।
  • मानव बेचबिखनको जोखिम घटाउन सीमा निगरानीसँगै समुदायस्तरमा सचेतना, रोजगारी र सरकारी सुरक्षानीति आवश्यक रहेको माइती नेपालले जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

← Back

Thank you for your response. ✨

नेपालगञ्ज : नेपाल–भारत सीमानाकाको जमुनाह नाकाबाट माईती नेपालले गत आर्थिक वर्ष २०८२–०८३ मा असुरक्षित रुपमा जोखिमपूर्ण यात्रा गरिरहेका चार सय ६४ जना नेपाली नागरिकलाई उद्धार गरेको जनाएको छ ।

माइती नेपाल नेपालगञ्जले गत आर्थिक वर्षमा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेका चार सय ६४ जना नेपाली नागरिकलाई सीमा नाकाबाट उद्धार गरि पारिवारिक पुनर्मिलन गराइएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।

उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक परामर्शपश्चात् सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको संयोजक कोइरालाले बताए । ‘आर्थिक प्रलोभन, चेतनाको कमी, घरायसी समस्या र प्रविधिको असन्तुलित प्रयोगका कारण सीमावर्ती क्षेत्रमा बेचबिखनको जोखिम बढ्दो रहेको पाईएको छ’–उनले भने–‘हामीले नाकामा कडाइ र भारतबाट उद्धारको प्रयास गरिरहेका छौँ, तर खोजतलासका लागि आउने निवेदनको चापले समुदायस्तरमै व्यापक सचेतना र सरकारी तहबाट रोजगार तथा सुरक्षाको ठोस नीति आवश्यक छ भन्ने देखाउँछ ।’

खुला सीमा, विपन्नता र चेतनाको अभावका बिच गैरसरकारी संस्था र प्रहरी प्रशासनको निगरानीले धेरैको जीवन जोगिए पनि हराइरहेका सयौँ नागरिकको खोजी र पुनस्र्थापना अझै चुनौतीको रूपमा रहेको उनको भनाइ छ ।

उनले सीमा नाकाको सतर्कताका बाबजुद विभिन्न प्रलोभन, सामाजिक सञ्जालको दुरुपयोग र गलत सूचनाका कारण भारत पु¥याइएर श्रम तथा यौन शोषणमा परेका १० जनालाई यसै अवधिमा उद्धार गरी स्वदेश फर्काइएको जानकारी दिए ।

माइती नेपालले भारतीय प्रहरी, दूतावास र स्थानीय गैरसरकारी संस्थाहरूसँगको समन्वयमा भारतका विभिन्न सहर र कोठीहरूबाट उनीहरूको उद्धार गरेको संयोजक कोइरालाले बताए ।

हराएका आफन्तको खोजतलास र उद्धारका लागि माइती नेपाल नेपालगञ्जको कार्यालयमा गत आर्थिक वर्षमा कुल एक हजार १८ निवेदन परेकोमा ५ सय ६८ जना फेला परेका छन् भने अझै ४ सय ५० जनाको स्थिति अज्ञात रहेको कोइरालाले जानकारी दिए ।

उनले मानव बेचबिखनमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन संस्थाले निरन्तर कानुनी सहायता प्रदान गर्दै आएको बताए । गत वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धका तीन मुद्दामा पीडित र प्रभावितहरूलाई माइती नेपालले प्रत्यक्ष कानुनी सहायता उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भोटेकोशी बाढीमा परि पाँच हजारभन्दा बढी अझै बेपत्ता

२२ भाद्र २०८३, सोमबार १७:२०
समाचार सारांश Generated Using AI माइती नेपाल नेपालगञ्जले आर्थिक वर्ष २०८२/८३ मा जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपाली नागरिकको उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको जनाएको छ।यस अवधिमा भारतका विभिन्न स्थानबाट श्रम तथा यौन शोषणमा परेका १० जनाको उद्धार गरिएको छ भने हराएका आफन्तको खोजीका लागि परेका १,०१८ निवेदनमध्ये ५६८ […]