२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

फत्तेवाल आँखा अस्पतालद्वारा औषधि पसलेलाई आँखास्वास्थ्य तालिम



नरेन्द्र सिंह/सदरलाइनडटकम IMG_1265

१२ कात्तिक, नेपालगन्ज : नेपाल नेत्रज्योति संघ बाँके र फत्तेबाल आँखा अस्पताल फुल्टेक्राले एक दिने छ ः घण्टाको आँखा स्वास्थ्य तालिम सम्पन्न गरेको छ ।कार्यक्रममा प्रमुख अतिथि एनसिडिएका अध्यक्ष अभयराज बस्नेत रहेको कार्यक्रमको शुभारम्भ फत्तेबाल अाँखा अस्पतालका प्रबन्धक कौशलकुमार वर्माले गरेका थिए । भने कार्यक्रमको समापन फत्तेबाल अाँखा अस्पतालका मेडिकल डायरेक्टर वासुप्रसाद अधिकारीले गरेका थिए ।
फत्तेबाल अाँखा अस्पतालले खुद्रा औषधि व्यवसायी संघकाद्वारा चयन गरेका २० जना खुद्रा औषधि व्यवसायीहरुलाई अाँँखा स्वास्थ्य तालिम दिई प्रमाणपत्र वितरण गरेको छ । सो तालिम फत्तेबाल आँखा अस्पातालको आयोजकत्वमा आफ्नै नयाँ भवनको हालमा सम्पन्न भएको हो । तालिममा उमेर सादिक, छन्दुलाल थारु, डा. देवराज भण्डारीलगायतका प्रशिक्षकले आँखा स्वस्थ्य शिक्षा तालिम दिएका थिए । तालिममा विशेष गरी खुद्रा व्यवसायीलाई लक्षित गरी तालिम दिएको हो ।

IMG_1256
मानिसको अाँखा केही संक्रमित हुन बित्तिकै अाँखा विशेषज्ञबाट जाँच नगराई खुद्रा व्यवसायीहरुसंग जथाभावी औषधि किनेर अाँखामा हाल्न पुग्छन अनि अाँखा झन संक्रमित हुन पुग्दछ त्यसैले आँखा विरामी भएकोलाई जथाभावी औषधि नदिएर नजिकको आँखा अस्पताल व आँखा विशेषज्ञलाई जाँच गर्न पठाउने वा सल्लाह दिने भने तालिमको उद्देश्य थियो ।
फत्तेबाल आँखा अस्पतालका प्रबन्धक वर्माका अनुसार फत्तेबाल आँखा अस्पतालका बर्दिया, सुर्खेत, दैलेख र डोल्पा गरी चार आँखा जाँच उपचार केन्द्र रहेको छ । जसमध्ये फत्तेबाल आँखा अस्पतालमा वार्षिक सरदर १ लाख १२ हजार विरामी आँखा जाँच गराउन आउँछन भने वार्षिक सरदर १२ हजार आँखा विरामीले अप्रेशन गराउँछन ।

IMG_1257

प्रकाशित मिति : २०७३ कात्तिक १२ गते शुक्रबार
ताजा समाचार