कोहलपुर र काठमाण्डौमा सम्पन्न भयो वान माइल रेश

सदरलाइन संवाददाता २७ असार २०८३, शनिबार १७:२०
 
समाचार सारांश
Generated Using AI
  • एम्स वनग्लोबल माइलअन्तर्गत कोहलपुरमा सम्पन्न १.६ किमी दौडमा समिर बस्नेत र चेतना बस्नेत स्कुलस्तरीय च्याम्पियन बनेका छन्।
  • करिब २५० सहभागीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको प्रतियोगितामा विभिन्न उमेर समूहका विजेतालाई नगद पुरस्कार र ट्रफी प्रदान गरियो।
  • ‘एक दिन, एक माइल, एक विश्व’ अभियानअन्तर्गत नेपालमा कोहलपुर र काठमाडौंमा मात्रै प्रतियोगिता आयोजना गरिएको थियो, जहाँ कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले पनि एक माइल दौड पूरा गरे।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कोहलपुर, (बाँके) : शनिबार कोहलपुरमा सम्पन्न भएको एम्स वनग्लोबल माइलअन्तर्गत कोहलपुर माइल (१.६किमी) दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन् ।

उदाउँदो सहर कोहलपुरमा भएको पहिलो अन्तर्राष्ट्रिय संस्थासँग आवद्धता प्राप्त प्रतियोगिता कोहलपुर माइलमा स्कुल स्तरीय छात्रतर्फ समिर पहिलो हुँदा सुगम चौधरी दोस्रो, करण सिकर्मी तेस्रो र सन्देश बुढाथोकी चौथो भए । यसैगरी स्कुलस्तरीय छात्रातर्फ चेतना अग्रस्थानमा आउँदा सलिना थारु दोस्रो, नियुक्ती गुरुङ तेस्रो र एन्जल सुनार चौथो भए ।

कोहलपुर खुल्ला मैदानदेखि सुरु भई नेपालगञ्ज मेडिकल कलेजको गेटसम्म पुगेर पुनः सोही रुट हुँदै खुल्ला मैदानमै सम्पन्न भएको किड्सरन गल्र्स (८ देखि १२ बर्ष उमेर समुह) तर्फ मान्वी चौधरी, बिपना बुढा, नबिना थापा र ग्रीष्मा शाही तथा किड्स छात्र (८ देखि १२ बर्ष) सम्म समुहमा मिलन कैला, अब्दुल्लाह खान, अमृत बिक र दिनेश कैला शीर्ष चार स्थानमा आए । विजयी खेलाडीलाई नगदर चार हजार, तीनहजार, दुई हजार र एक हजार तथा ट्रफीले पुरस्कृत गरियो ।

कोहलपुर माइलमा सहभागी करिब अढाई सय जना सबैलाई पदक र प्रमाणपत्र प्रदान गरियो । कोहलपुर नगरपालिका प्रमुख पुर्णप्रसाद आचार्यले सम्पुर्ण विजेतालाई पुरस्कृत गरेका थिए ।

अमेरिकाको न्युयोर्कस्थित ह्युडसन माइलको बिस्तारित रुप नै वनग्लोबल माइल हो । ‘एक दिन एक माइल एक विश्व’ नारासहित दौड संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले ११ जुलाईमा ११ देशकाविभिन्न सहरमा एकैपटक ‘वनग्लोबल माइल’आयोजना गरिएको हो ।

विश्व रनिङको विश्वव्यापी संगठन एसोसियन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले वनग्लोबल माइल विश्वभर प्रवद्र्धन गरिरहेको छ । यसलाई म्याराथनको सुरुवाती कदमका रुपमा लिइन्छ । अन्यदेशमा एक सहरमा आयोजना भएपनि नेपालमा मात्रदुई सहर कोहलपुर र काठमाडौंमा काठमाडौं माइल आयोजना भएको हो ।

मेयर आचार्यले पनि पुरा गरे माइल

कोहलपुरका नगरप्रमुख पुर्णप्रसाद आचार्यले एक माइल दौड पुरा गरेका छन् । स्कुले विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै प्रमुख आचार्यले कोहलपुर माइलको निर्धारित दुरी पुरा गरेका हुन् ।


नगरप्रमुख आचार्यसँगै नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी, बाँके जिल्ला साइक्लिंग संघका अध्यक्ष गगन थापालगायतले एक माइल दौड पुरा गरे ।

पुरस्कार वितरण गर्दै नगरप्रमुख आचार्यले कोहलपुर माइल आयोजनाका लागि वनग्लोबल माइलप्रति आभार प्रकट गर्दै यसलाई बृहत बनाउन नगरपालिकाले बार्षिक क्यालेन्डरमा समावेश गर्दै उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने बताए ।

सुरक्षा र ट्राफिक व्यवस्थापनमा सघाएकोमा जिल्ला प्रशासन कार्यालय बाँके, नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले धन्यवाद व्यक्त गरे ।

काठमाडौं माइल सम्पन्न

एम्स ग्लोबल माइल अन्तर्गत शनिवार काठमाडौं माइल सम्पन्न भएको छ । नक्साल नारायणचौरदेखि सुरु भइ दरबारमार्ग पुगेर पुनः नारायणचौरमै सम्पन्न भएको काठमाडौं माइल (१.६किमी दौड)मा सहभागी सम्पुर्णलाई मेडल र प्रमाणपत्र वितरण गरियो ।
दौड संस्कृतिको विकास गर्दै विश्वव्यापी अभियानमा सरिक गराउन उद्देश्यले फन रनका रुपमा काठमाडौं माइल आयोजना गरिएको काठमाडौं माइलका डाइरेक्टर कपिल थापाले बताए ।

काठमाडौं माइलमा एक सय जनाले भाग लिएको थापाले बताए । उनका अनुसार एक माइल दौडले सहभागीलाई लामो दौडतर्फ आकर्षित गर्नेछ । साथै, ग्लोबल अभियान अन्तर्गत भएकाले हरेक सहभागीलाई एम्स प्रेसिडेन्ट पाको बोराओ र वन ग्लोबल माइलका संस्थापक जोन बोकाले हस्ताक्षर गरेको प्रमाणपत्र पाउँदा त्यसको महत्व हरेक सहभागीले अनुभुति गरेको डाइरेक्टर थापाले बताए ।

अर्को बर्ष काठमाडौं माइल बृहत ढंगले गर्न आफुलाई उत्साह थपेको उनले बताए । कार्यक्रम संयोजक ममता थापाले काठमाडौं जस्तो ठाउँमा वन ग्लोबल माइलको महत्व बुझ्नेको संख्या उल्लेख्य भएको हुँदा आगामी संस्करणमा यसको दायरा फराकिलो बन्दै जाने अपेक्षा गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खेलकुदले बनाउने समाज तथा अग्रज खेलाडी सम्मान

२७ असार २०८३, शनिबार १७:२०
समाचार सारांश Generated Using AI एम्स वनग्लोबल माइलअन्तर्गत कोहलपुरमा सम्पन्न १.६ किमी दौडमा समिर बस्नेत र चेतना बस्नेत स्कुलस्तरीय च्याम्पियन बनेका छन्।करिब २५० सहभागीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको प्रतियोगितामा विभिन्न उमेर समूहका विजेतालाई नगद पुरस्कार र ट्रफी प्रदान गरियो।‘एक दिन, एक माइल, एक विश्व’ अभियानअन्तर्गत नेपालमा कोहलपुर र काठमाडौंमा […]