ताजिया विर्षजनसंगै ‘मोहर्रम’ पर्व सम्पन्न

सदरलाइन संवाददाता १२ असार २०८३, शुक्रबार १९:४७
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जको फुलटेक्रास्थित कर्बलामा शुक्रबार बाजागाजासहित ताजिया विसर्जन गर्दै मुस्लिम समुदायले १० दिने मोहर्रम पर्व सम्पन्न गरेका छन्।
  • इमाम हुसैन र इमाम हसनको शहादतको सम्झनामा मनाइने यस पर्वमा नगरभरिका ताजिया जुलुस निकालेर कर्बलामा विसर्जन गरिएको थियो।
  • हिन्दु–मुस्लिम समुदायको संयुक्त सहभागिताले मोहर्रम नेपालगञ्जमा धार्मिक सद्भाव र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्जको फुलटेक्रामा रहेको स्थानीय कर्बलामा बाजागाजासहित ताजिया विसर्जन गरि शुक्रवार मोहरर्रम पर्व सम्पन्न गरिएको छ । धार्मिक एकता र सदभावको प्रतिक मानिने मुस्लिम समुदायको मोहरर्रम दसदिनसम्म विभिन्न कार्यक्रम गरेर शुक्रवार सम्पन्न गरिएको हो ।

केन्द्रिय मोहर्रम तथा कर्बला संरक्षण समितिका अनुसार दस दिनसम्म चल्ने मोहर्रम पर्वको अन्तिम दिन शुक्रवार ताजिया विसर्जन गरेपछि यो पर्व पुर्ण रुपमा सम्पन्न भएको छ । नगरका विभिन्न स्थानबाट ताजिया विसर्जनका लागि ताजिया बोकेर निस्केका जुलुसहरुले बाजागाजासहित नगरपरिक्रमा गरेर स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरेका छन् ।

यसअघि मोहर्रमको नवौं दिन शनिवार राती ताजिया घर घरमा राखेर झिलिमिली पारी बजारलाई नै सिंगारिएको थियो । रातभरी स्थानीयले जाग्राम बसेर ताजियाको हरेचाह गरेका थिए । सर्वसाधारणले भने सहरका विभिन्न भागमा पुगेर रातभरि ताजियाको दर्शन र सहरको झिलिमिली अवलोकन गरेका थिए ।


इराकको कर्बलामा शहीद भएका पैगम्बर हजरत मोहम्मदका नातीहरु हजरत इमाम हुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरुले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् ।

उनीहरुकै शहादतको सम्झनामा अरबी क्यालेण्डर अनुसार मोहरर्रम महिनाको पहिलो दसदिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा छ ।

कागज र काठबाट बनाईएका ताजियालाई नौ तारिखमा आ–आफ्नो घर अगाडी स्थापित गरेर रातभरी जाग्राम बस्ने गरिन्छ ।

ती ताजियालाई राख्नु अघि भाकल गर्ने र आफ्नो मनोकामना पुरा भएपछि ताजिया राख्ने गरिन्छ । मोहर्रमलाई हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकोले यो पर्र्व धार्मिक सदभावको पर्वका रुपमा स्थापित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित