बर्दियाका युवालाई बाख्रा तथा बंगुर पालनको प्राविधिक सीप प्रदान

सदरलाइन संवाददाता ३ असार २०८३, बुधबार १९:१३
 
समाचार सारांश
Generated Using AI
  • प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको ठाकुरबाबा र मधुवन नगरपालिकामा ९१ जना युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी तीनदिने प्राविधिक सीप विकास तालिम प्रदान गरिएको छ।
  • तालिममा उन्नत पशुपालन, रोग व्यवस्थापन, पोषण, खोर निर्माण तथा व्यवसायिक आर्थिक विश्लेषण लगायतका व्यवहारिक विषय समेटिएका थिए।
  • युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउँदै दिगो जीविकोपार्जन तथा सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।


बर्दिया : प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बाँके युनेस्को क्लबको कार्यान्वयनमा युवा सशक्तिकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा बाख्रा तथा बंगुर पालन सम्बन्धी तीनदिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ ।

तालिममार्फत स्थानीय युवायुवतीहरूलाई व्यावसायिक तथा बजारमुखी पशुपालन सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो । कार्यक्रममा कुल ९१ जना युवा सहभागी भएका थिए, जसमा ६२ जना बंगुर पालन तथा २९ जना बाख्रा पालन सम्बन्धी तालिममा सहभागी भएका थिए ।

तीन समूहमा सञ्चालन गरिएको तालिममा ठाकुरबाबा नगरपालिकाका ४६ जना र मधुवन नगरपालिकाका ४५ जना युवाको सहभागिता रहेको थियो ।

तालिममा उन्नत जातका पशु छनोट, उपयुक्त खोर निर्माण, जैविक सुरक्षा (बायोसेक्युरिटी), पोषण तथा आहार व्यवस्थापन, प्रजनन स्वास्थ्य, गर्भवती पशु तथा नवजात शिशुको स्याहार, रोग पहिचान तथा रोकथाम, प्राथमिक उपचार तथा सुई लगाउने विधि, स्थानीय स्रोतसाधनको प्रयोग गरी दाना तयार गर्ने तरिका तथा बाख्रा र बंगुर पालन व्यवसायको आर्थिक विश्लेषण लगायतका विषय समेटिएका थिए ।


तालिममा मधुवन नगरपालिकाको पशु सेवा शाखाका गणेशबहादुर बोहरा तथा ठाकुरबाबा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख चन्द्रबहादुर महताराले सहजिकरण गरेका थिए । कार्यक्रमको समन्वय बाँके युनेस्को क्लबका परियोजना संयोजक राजकुमार खड्काले गरेका थिए ।

युवाहरूमा प्राविधिक ज्ञान अभिवृद्धि गर्दै उद्यमशील आत्मविश्वास विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले पशुपालनलाई दिगो जीविकोपार्जन, आत्मनिर्भरता तथा सम्मानजनक रोजगारीको माध्यमका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

स्थानीय तहमा युवाको सीप र क्षमता विकासमा गरिएको लगानीले भविष्यमा समृद्ध, आत्मनिर्भर तथा उत्थानशील समुदाय निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बालअधिकारसम्बन्धी संयुक्त बैठक

३ असार २०८३, बुधबार १९:१३
समाचार सारांश Generated Using AI प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको ठाकुरबाबा र मधुवन नगरपालिकामा ९१ जना युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी तीनदिने प्राविधिक सीप विकास तालिम प्रदान गरिएको छ।तालिममा उन्नत पशुपालन, रोग व्यवस्थापन, पोषण, खोर निर्माण तथा व्यवसायिक आर्थिक विश्लेषण लगायतका व्यवहारिक विषय समेटिएका थिए।युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउँदै […]