प्रहरीद्वारा लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

सदरलाइन संवाददाता २२ जेष्ठ २०८३, शुक्रबार १८:०९
 
समाचार सारांश
Generated Using AI
  • देशका विभिन्न जिल्लाबाट प्रहरीले लागुऔषधसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
  • पक्राउ परेकामध्ये अधिकांशबाट खैरो हेरोइन बरामद गरिएको छ भने भक्तपुरमा चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसहित एक जना समातिएका छन्।
  • कैलाली, बाँके, सुनसरी, दाङ, सुर्खेत र कञ्चनपुरलगायत स्थानमा बुधबार र बिहीबार गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसंधान सुरु गरेको जनाएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका–६ का विशाल भण्डारीलाई पक्राउ गरिएको छ ।


यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनारबाट लागुऔषध खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–३ का एक किशोर, बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कुण्डा चोकबाट खैरो हेरोइनसहित दुई जना, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट एक, इटहरी उपमहानगरपालिका–१८ पटेर्वाबाट सोही लागुऔषध र नगद रु ४७ हजार ५०० सहित एक जनालाई पक्राउ गरिएको छ ।

त्यसैगरी, भोक्राहानरसिंह गाउँपालिका–६ बाट एक, धरान उपमहानगरपालिका–१७ बाट दुई जना, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ दुधरासबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बाट दुई र कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट तीन जनालाई पक्राउ गरिएको जनाइएको छ । सबै अभियुक्तहरूबाट खैरो हेरोइन बरामद गरिएको तथा उनीहरू बुधबार र बिहीबार पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रविधिसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय

२२ जेष्ठ २०८३, शुक्रबार १८:०९
समाचार सारांश Generated Using AI देशका विभिन्न जिल्लाबाट प्रहरीले लागुऔषधसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।पक्राउ परेकामध्ये अधिकांशबाट खैरो हेरोइन बरामद गरिएको छ भने भक्तपुरमा चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसहित एक जना समातिएका छन्।कैलाली, बाँके, सुनसरी, दाङ, सुर्खेत र कञ्चनपुरलगायत स्थानमा बुधबार र बिहीबार गरिएको कारबाहीमा उनीहरू पक्राउ […]