निकुञ्ज आसपासका मध्यवर्तीबस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कृत्रिम गन्धको प्रयोग

रुद्रप्रसाद सुवेदी २३ बैशाख २०८३, बुधबार १९:११
 
समाचार सारांश
Generated Using AI
  • बाँके–बर्दिया क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बाघ र चितुवालाई टाढा राख्ने उद्देश्यले कृत्रिम गन्ध प्रयोग परीक्षण सुरु गरिएको छ।
  • यो प्रविधिले जनावरको क्षेत्रीय व्यवहारअनुसार प्रतिस्पर्धीको गन्ध सिर्जना गरेर उनीहरूलाई मानव बस्तीबाट टाढा राख्ने लक्ष्य राखेको छ।
  • गत वर्षदेखि पाँच वर्षे अनुसन्धानका रूपमा सुरु गरिएको परियोजनाले जैविक विविधता संरक्षण र द्वन्द्व न्यूनीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँके बर्दिया निकुञ्ज आसपास वा मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम गन्धको प्रयोग परीक्षणको रुपमा गर्न थालिएको छ ।

तराई भूपरिधि तथा संरक्षण कार्यक्रम (ताल सिपि) का कार्यक्रम प्रबन्धक भरत भट्टले यो कृत्रिम गन्धको प्रयोगले बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोकेर मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्ने उद्देश्यले परिक्षणको रुपमा प्रयोग गरिएको बताए ।

उनले तराई भूपरिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत गत वर्षदेखि सुरु गरिएको यो प्रविधिले वन्यजन्तुको प्राकृतिक व्यवहारलाई आधार बनाई परिक्षणको रुपमा प्रयोग थालीएको जानकारी दिए ।

उनले भने–‘बाघ र चितुवाले आफ्नो क्षेत्र निर्धारण गर्न पिसाब वा नङले कोतरेर गन्ध छाड्ने गर्छन् । यही प्रक्रियालाई अनुसरण गर्दै कृत्रिम गन्ध प्रयोग गर्दा जनावरलाई आफ्नो क्षेत्रमा अर्को प्रतिस्पर्धी आएको भान हुन्छ र उनीहरू त्यहाँबाट टाढा जाने गर्छन ।’

‘टी’ आकारको पाइपमा गन्ध राखेर बाघ तथा चितुवा हिडडुल गर्ने स्थानमा क्यामेराको ट्रयापिङ्ग गरी महिना दिनसम्म राखेर क्यामेरा ट्रयापिङ्गबाट उपलब्ध फुटेजको अध्ययन गरिन्छ । एकपटक ‘टी’ आकारको पाइपमा राखेको गन्ध एक महिनासम्म रहिरहने उनले जानकारी दिए ।


उनले भने–‘ यो गन्ध बाघ चितुवा वा कुनै पनि मानव र जनावरलाई हानी नपुराउदैन । मात्र बाघ र चितुवाको लागि उसको प्रतिस्पर्दीको क्षेत्रमा प्रवेश गरेको गन्धले संकेत गर्छ र त्यो त्यहाँबाट अनेत्रै जान्छ ।’

तराई भूपरिधि तथा संरक्षण कार्यक्रम (ताल सिपि) कार्यक्रम एशोसिएट प्रतीक शाहका अनुसार यो अनुसन्धानमूलक परियोजना गतवर्षदेखि पाँच वर्षका लागि सञ्चालनमा ल्याइएको हो ।

उनले चितुवा र बाघलाई मानव बस्तीबाट सुरक्षित दूरीमा राख्नु नै यस अध्ययनको मुख्य लक्ष्य भएको बताए । उनले यसका लागि बर्दियाको खाता कोरीडोरको ३० ठाँउमा क्यामेर राखेर अध्यन भई रहेको जनाकारी दिए ।

उनले गतवर्ष ५ थरीको गन्धमा गरेको अध्ययन अनुसार २ वटाले बाघलाई, २ वटाले चितुवालाई र १ वटाले बाघ र चितुवा दुबैलाई प्रभावित पारेको बताए । त्यसै अध्ययनलाई अलि बिस्तृतमा यो वर्षपनि अघि सारिएको उनको भनाई छ ।

यस कार्यक्रममार्फत जैविक विविधता संरक्षण, वन्यजन्तुको आवास व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका गतिविधि सञ्चालन हुने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दामा ६ जनालाई पक्राउ

२३ बैशाख २०८३, बुधबार १९:११
समाचार सारांश Generated Using AI बाँके–बर्दिया क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बाघ र चितुवालाई टाढा राख्ने उद्देश्यले कृत्रिम गन्ध प्रयोग परीक्षण सुरु गरिएको छ।यो प्रविधिले जनावरको क्षेत्रीय व्यवहारअनुसार प्रतिस्पर्धीको गन्ध सिर्जना गरेर उनीहरूलाई मानव बस्तीबाट टाढा राख्ने लक्ष्य राखेको छ।गत वर्षदेखि पाँच वर्षे अनुसन्धानका रूपमा सुरु गरिएको परियोजनाले जैविक विविधता संरक्षण […]