सिक्टा सिचाई आयोजनाको डुडुवा शाखा नहर निर्माणमा तीब्रता

रुद्रप्रसाद सुवेदी २४ चैत्र २०८२, मंगलवार २०:०५
 
समाचार सारांश
Generated Using AI
  • सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माणमा रहेका अवरोध हटाउँदै काम तीव्र गतिमा अघि बढाइएको छ।
  • २३.४ किमी लामो यस नहरबाट १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ।
  • करिब १.१२ अर्ब लागतको आयोजना तीन वर्षभित्र सम्पन्न हुने लक्ष्यसहित निर्माण कार्य जारी छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा शाखा नहर निर्माणमा लामो समयदेखिको रहेको अवरोध पन्छाउदै तीब्र गतिमा निर्माण सुरु भएको छ ।

निर्माणमा स्थलगत अबरोधको रुपमा रहेको विद्युतका पोल र खानेपानीको पाईपको कारण निर्माणको काम केही अवरोध भएपनि काम तीब्र गतिले अधि बढेको आयोजनाले जनाएको छ ।

यो नहरबाट १६ हजार हेक्टर भूमीमा सिचाई हुने र यसको लम्बाई २३.४ किलोमिटर रहेको खजुरा र मानपुर दुई मुख्य शाखा रहेको आयोजनाका ईञ्जनियर विकास विष्टले जानकारी दिए ।

उनले डुडुवा शाखा नहर निर्माणमा लामो समयदेखिको रहेको तत्कालिन निर्माण कम्पनीसंग ठेक्का मुद्दाका कारण ठेक्का क्यान्सिल गरेर पुनः ठेक्का लगाएर तीब्र गतिमा निर्माण सुरु भएको उनले बताए ।

नेपालगञ्ज– सर्खेतरोड अन्तरगत पिप्रहवादेखि राझासम्म करिव ५ किलोमिटर सडकको समान्तर टनेलमा निर्माण हुने र बाँकी खुला रुपमा निर्माण हुने आयोजनाका ईञ्जिनियर विष्टले जनाकारी दिए ।


‘नहरको काम तीब्र गतिमा सुरु भएको छ , डुडुवा शाखामा ३३ केभिए, ११ केभिए विद्युत लाईन, नेपाल टेलिकम, एनसेललगायतका अन्डर ग्रउन्डिङ्ग केबलिङ्ग र खानेपानीको पाईपहरु स्थलगत अवरोध छन । अवरोधलाई पन्छाउदै काम गर्न सुरुगरेको छौ’– उनले भने ।

सिक्ट सिचाई आयोजनाले करिब ४३ हजार हेक्टरमा जमिनबाट सिचाई उपलब्ध गराउने मध्येको सबैभन्दा बढी १६ हजार हेक्टर भूमिलाई सिचाई उपलब्ध गराउने डुडुवा नहरको निर्माण आगाी ३ वर्ष भित्र पुरो गर्ने गरी रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

रामेछाप शेर्पाका कन्ट्रयाक म्यानेजर सरोज केसीले २०८२ असारमा ठेक्क भएको जानकारी दिदै अहिलेसम्म २६ प्रतिशतले भौतिक प्रगती भएको र असार मसान्तसम्म ४० प्रतिशतमा पुराउने गरी काम भई रहेको बताए । उनले कममा अवरोध नभए निर्धारित समय अगाबै निमाण सकिने गरी काम भईरहेको स्पष्ट पारे ।

१.१२ अर्ब रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुने डुडुवा शाखा तीन वर्षे भित्र निर्माण पुरा गरिसक्नु पर्नेछ । स्थलगत अवरोध पन्छाउन आयोजनाले सर्बपक्षिय सर्ब दलिय छलफल गरी बाधा अड्चन पुकाउदै निर्माणकार्यलाई निरन्तरता दिईएको आयोजना प्रमुख राजु आचार्यले जानकारी दिए ।

उनले भने–‘आयोजनाको काममा अवरोध रहेको ३३ केभिए ११ केभिए विद्युत लाईन, नेपाल टेलिकम, एनसेललगायतका अन्डर ग्रउन्डिङ्ग केबलिङ्ग र खानेपानीको पाईपहरु स्थलगत अवरोध रहेको र यी अवरोधलाई सर्वपक्षिय सहमतीका आधारमा पन्छाएर निर्माण कार्य जारी राखिएको छ ।’

सिक्ट सचिाईको डुडुवा शाखा नहर पुरा भएर सञ्चालनमा आए बाँकेका डुडुवा, खजुरा, नेपालगञ्ज र जानकीका कृषकका लागि ठूलो सहायता हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होटल पौवाको स्थापना दिवसमा आश्रय बिहिनहरुसँग एक छाक खाना

२४ चैत्र २०८२, मंगलवार २०:०५
समाचार सारांश Generated Using AI सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माणमा रहेका अवरोध हटाउँदै काम तीव्र गतिमा अघि बढाइएको छ।२३.४ किमी लामो यस नहरबाट १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ।करिब १.१२ अर्ब लागतको आयोजना तीन वर्षभित्र सम्पन्न हुने लक्ष्यसहित निर्माण कार्य जारी छ। यो सारांश AI द्वारा सिर्जना […]