खजुरा किरण नालामा चार लेनको पुल बन्दै

सदरलाइन संवाददाता २३ चैत्र २०८२, सोमबार १९:१०
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज–गुलरिया सडक खण्डको किरण नालामा चार लेन सडकअनुसार नयाँ दुई लेनको थप पुल निर्माण सुरु गरिएको छ।
  • सवारी दुर्घटना बढेपछि करिब ४ करोड ५० लाख लागतमा नयाँ पुल निर्माण थालिएको हो।
  • असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले यातायातलाई सहज बनाउनेछ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

खजुरा :  नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नालामा थप पुल निर्माण सुरु भएको छ । चार लेनको सडक रहेकोमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि थप गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।

भण्डारीले भने, ‘सो स्थानमा सवारी दुर्घटनाका घटना बढ्न थालेपछि नयाँ पुल निर्माण कार्य अघि बढाइएको हो । दुई वटा पुल भएपछि चार लेन सडकमा सवारी आवागमनमा थप सहजता हुने छ ।’


करिब चार करोड ५० लाखको लागतमा पुल निर्माण कार्य सुरु भएको हो । हाल धमाधम जग निर्माणको काम भइरहेको छ । केही वर्षअघि मात्र निर्माण भएको दुई लेन सवारी सञ्चालन हुने पुल साँघुरो भएपछि सोही स्थानमा दुई लेनको अर्को पुल निर्माण सुरु गरिएको छ ।

पुरानो दुई लेनको पुल यथावत राखेर नयाँ थप दुई लेनको पुल बनाउन लागिएको छ । आगामी असारभित्रै पुल निर्माण सक्नेगरि काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिकामा पर्ने चपला नालामा रहेको पुल पनि चार लेनको बनाइने योजना कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रक्रिया पु¥याएर हिरासत मुक्त गर्न परमादेश

२३ चैत्र २०८२, सोमबार १९:१०
समाचार सारांश Generated Using AI नेपालगञ्ज–गुलरिया सडक खण्डको किरण नालामा चार लेन सडकअनुसार नयाँ दुई लेनको थप पुल निर्माण सुरु गरिएको छ।सवारी दुर्घटना बढेपछि करिब ४ करोड ५० लाख लागतमा नयाँ पुल निर्माण थालिएको हो।असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले यातायातलाई सहज बनाउनेछ। यो सारांश AI द्वारा सिर्जना […]