अब शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

सदरलाइन संवाददाता २२ चैत्र २०८२, आईतवार १९:५१
 
समाचार सारांश
Generated Using AI
  • सरकारले पेट्रोलियम आपूर्तिमा समस्या देखिएपछि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
  • साथै सरकारी कार्यालयको समय बिहान ९ देखि ५ बजेसम्म कायम गरिनेछ।
  • मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय संस्थाबाट करिब १८५ मिलियन डलर ऋण स्वीकृत गर्नुका साथै विद्युतीय गाडी रूपान्तरणलाई कानुनी मान्यता दिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

काठमाडौ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै भने –‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने निर्णय भएको छ ।’


त्यसैगरी बैठकले एसियाली विकास बैङ्क र विश्व बैङ्कले उपलब्ध गराउने ९० मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र विश्व बैङ्कबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

सँगै सरकारले राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न कानुनी मान्यता दिने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया निकुञ्जमा १५ हजारभन्दा बढी पर्यटक भित्रिए

२२ चैत्र २०८२, आईतवार १९:५१
समाचार सारांश Generated Using AI सरकारले पेट्रोलियम आपूर्तिमा समस्या देखिएपछि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।साथै सरकारी कार्यालयको समय बिहान ९ देखि ५ बजेसम्म कायम गरिनेछ।मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय संस्थाबाट करिब १८५ मिलियन डलर ऋण स्वीकृत गर्नुका साथै विद्युतीय गाडी रूपान्तरणलाई कानुनी मान्यता दिएको छ। यो सारांश AI द्वारा […]