रमजान सकियसंँगै शनिबार ईद मनाउदै मुस्लिम समुदाय

सदरलाइन संवाददाता ६ चैत्र २०८२, शुक्रबार १९:०६
 
समाचार सारांश
Generated Using AI
  • रमजान महिनाभरको रोजा (उपबास) पूरा भएपछि चाँद देखिएलगत्तै मुसलमान समुदायले ईदगाहमा सामूहिक नमाज पढेर ईद–उल–फित्र मनाउने परम्परा रहेको छ।
  • ईदमा नयाँ वा सफा कपडा लगाउने, मिठा परिकार खाने, आपसमा शुभकामना साट्ने र ठूलाबडाबाट आशीर्वाद लिने चलन हुन्छ।
  • यस पर्वमा जकात र फितरमार्फत दीनदुःखीलाई दान दिने विशेष महत्व रहेको धार्मिक मान्यता छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : पवित्र महिना रमजानको एक महिनाको लामो कठोर उपबास (रोजा) ईदको चाँद देखिएसंगै भोली पल्ट ईदगहमा सामुहिक नमाज पढेर ईद मनाउने परम्परा छ ।

मुस्लिम धर्मगुरु तथा मदरसा बरकातिया माविका प्रअ मौलाना जियाउल मुस्ताफा नुरानीले ईस्लामिक धार्मिक पात्रो अनुसार रमजान नवौं महिना भएको र यो महिनाभर आत्मसंयम र शुद्धिका लागि रोजा बसी दशौं महिनाको पहिलो दिन ईदगाहमा सामुहिक नमाज पढेर ‘ईद–उल–फित्र’ अर्थात ईद मनाउने चलन रहेको जानकारी दिए ।

उनले रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्रार्थना गरी एक आपसमा अंकमाल गरी शुभकामना साटासाट गर्ने, ईदको लागि एकसरो नयाँ कपडा वा सफा चोखो कपडा लगाएर नमाज पढेर घरमा मिठो परिकार, सेवाई, दहिवडा, जर्दापुलाउ खाने खुवाउने भएकोले ईदलाई मिठी ईद पनि भन्ने चलन रहेको बताए । ईदका लागि आवश्यक किनमेल समेत गर्ने चलन रहेको छ ।

हिजरी संवत अनुसार दशौँ महिना (सौवाल) मा मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँने गरिन्छ ।


दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने सानालाई आशीर्वाद दिने गरिन्छ ।

यस पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखीलाई दानदिनु हो । यस पर्वमा हरेक मुसलमानले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरआनमा उल्लेख गरिएको मौलाना नुरानीको भनाई छ ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखीलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । इद उलफित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छे अनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई फितर भनिन्छ ।

३० दिनसम्मको कठोर ब्रत रोजा सकेर ईद मनाउनको लागि तयारीमा रहेको नेपालगञ्जका मो आदिब खान बताउछन । यसैगरी सबै तयारी सकेर ईद मनाउने तयारीमा रहेको मो ईबरार खानले बताए ।

एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बालबालिका, अशक्त, जेष्ठनागरिक, सुत्केरी र बिरामीलाई रोजा बस्नु पर्दैन । रोजा बस्नेले बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र रमजान महिनामा भोजन गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुल्मीमा चट्याङ पर्दा ३ जना घाइते, ३ वटा बाख्रा मरे

६ चैत्र २०८२, शुक्रबार १९:०६
समाचार सारांश Generated Using AI रमजान महिनाभरको रोजा (उपबास) पूरा भएपछि चाँद देखिएलगत्तै मुसलमान समुदायले ईदगाहमा सामूहिक नमाज पढेर ईद–उल–फित्र मनाउने परम्परा रहेको छ।ईदमा नयाँ वा सफा कपडा लगाउने, मिठा परिकार खाने, आपसमा शुभकामना साट्ने र ठूलाबडाबाट आशीर्वाद लिने चलन हुन्छ।यस पर्वमा जकात र फितरमार्फत दीनदुःखीलाई दान दिने विशेष महत्व […]