२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

निर्वाचनको मौनअवधी र चन्द्रग्रहणका कारण यसबर्षको तराई होलि बाँकेमा चहलपहल छैन



नेपालगञ्ज : निर्वाचनको मौन अवधी भएको र होलिमा चन्द्र ग्रहण लाग्ने भएकोले यसबर्षको तराई होलि बाँकेमा खासै चहलपहल देखिएको छैन ।

बाँकेको नेपालगञ्जमा चोक चोकमा साउण्ड सिस्टमको प्रयोग गरेर विषेश धुमधामका साथ मनाईने होली निर्वाचनको मौनअवधी र चन्द्र ग्रहणका कारण ओझलमा परेको हो ।

त्रिभुवन चोकमा लगाईएको होली बजारमा चहल पहल खासै छैन । चोकचोकमा संयुक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । बजारमा फाट्टफुट्ट रंग खेल्नेहरु भेटिए गरेका छन् ।

विगतका वर्षहरुको तुलनामा यस वर्षको तराई होली मनाउन सकिएको छैन । विगतमा आयोजना हुने होली मिलन कार्याक्रम पनि यसवर्ष आयोजना हुन सकेमा छैनन । निर्वाचनका कारण यो वर्षको तराई होली ओझेलमा परेको हो ।

प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार
ताजा समाचार