
नेपालगञ्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा सदस्य पदको निर्वाचनका लागि बाँकेका ४ सय मतदान केन्द्रमा खटिएर जाने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लागि एकदिने ंप्रशिक्षण सुरु भएको छ ।
बाँकेका १३९ मतदान स्थलमा रहेका ४ सय मतदान केन्द्र र ३ वटा अस्थायी मतदान केन्द्रमा खटिने उनीहरुका लागि एकदिवसीय प्रशिक्षण आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सो प्रशिक्षणको सुरुवात गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले आफुलाई तोकिएको जिम्मेवारी निष्पक्ष भएर निर्वाह गर्न निर्देशन दिए । उनले भने–‘ निर्वाचन आचारसंहिता ख्याल राख्दै आफ्नो कारण अवस्था जटिल हुन नदिनुहोला । तपाईलाई दिएको जिम्मेवारी पुरा गरेर फर्कनुहोस शुभकामना छ ।’

उनले सुरक्षाको कारण मतदान केन्द्रमा खटिने मतदान आधिकृत लागयत कर्मचारी लाई समस्या नहुने मतदान केन्द्रमा पनि सुरक्षाकर्मीको उपस्थिति रहे पनि ३ मिनेट भित्रै थप मदत पुग्ने व्यवस्था लिाईएको जानकारी दिए ।
बाँकेका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले निर्वाचनलाई स्वच्छ र निष्पक्ष सम्पन्न गर्नका लागि खटिएर जाने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको ठूलो भुमिका हुने भएकोले तथष्ठ भूमिकामा रहेर आफूलाई दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।
बाँकेका १३९ मतदान स्थलमा रहेका ४ सय मतदान केन्द्र र ३ वटा अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लागि एकदिवसीय प्रशिक्षण आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए । उनले एकैदिन सबैलाई प्रशिक्षण दिन असहज भएकोले दैनिक १६० का दरले प्रशिक्षण दिईने गरिएको बताए ।













प्रतिक्रिया दिनुहोस्