सालक संरक्षणको लागी सचेतना अभियान

सदरलाइन संवाददाता १० फाल्गुन २०८२, आईतवार १५:०९
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा पहिलो पटक समुदायस्तरमा सचेतना जगाउने उदेश्यले सालक संरक्षणको लागी सचेतना अभियान शुरु भएको छ ।
  • सालक खपेटा भएको स्तनधारी जनावरको रुपमा पर्दछ ।
  • सालक संरक्षणमा अब युवाहरु सक्रिय हुन आबश्यक रहेको संरक्षणकर्मी बताउछन् ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेमा पहिलो पटक समुदायस्तरमा सचेतना जगाउने उदेश्यले सालक संरक्षणको लागी सचेतना अभियान शुरु भएको छ । बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रहरुमा सालक रहेको हुदा यसको संरक्षण अबैध चोरी शिकारी नियन्त्रणको लागी सरोकारवालाहरु एक जुट हुन थालेका छन । बाँकेमा सालकको महत्व र यसले जैविक विविधता पुराएको सकरात्मक पक्ष समुदायस्तरमा बुझाउन अति जरुरी रहेको हुदा बाँकेमा यो अभियान थालिएको बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कंडेलले बताए ।

सालक खपेटा भएको स्तनधारी जनावरको रुपमा पर्दछ । बिश्वमा ८ प्रजातिका सालक रहेका छन । नेपालमा इन्डिएन र चाइनिज सालक गरि दुई प्रकारका सालक रहेका छन । नेपालमा पाइने सालक हाल संकटपन्न सुचिमा सुचिकृत रहेका छन । बाँकेमा पनि सालक रहेको हुदा यसको अबैध चोरीशिकारी नियन्त्रण र संरक्षणको लागी थालिएकोे प्रयासले समुदायस्तरमा सांलक संरक्षणको लागी कोशेढुंगा सावित हुने बरिष्ठ संरक्षण अधिकृत कंडेलले बताए ।


सालकको महत्व समुदाय सम्म बुझाउन नसक्नु, बन डढेलो अब्यवस्थित सडक निर्माण, बढदो शहरी करण, बासस्थानको बिनास हुदै जानु, सालकको मुख्य आहारा कमिला र धमिरा भएको हुदा बालि–नालीमा प्रयोग हुने बिषादीका कारण कमिला र धमिरा लोप हुदै जादा यसको संरक्षणमा चुनौति थपिएको छ । सालक संरक्षण र सचेतनाको लागी थालिएको यो प्रयासले संरक्षणमा टेवा पुग्ने संरक्षण अभियन्ता प्रदिप सेढाइले बताए .

स्थानीय धर्मलाल रोकायले बाँकेका सम्भाबित क्षेत्रहरुमा सालक संरक्षण क्षेत्रहरुको पहिचान गरि संरक्षणका कार्यहरुलाई अगाडी बढाउन जरुरी रहेको बताए ।  ‘बिशेष गरेर सालक पाइने क्षेत्रहरुमा र त्यसको वरिपरि बस्ने समुदायले सालक लगायतका जैविक विविधताको संरक्षणबाट भएका फाइदाहरु समुदायलाई बुझाउन आबश्यक रहेको छ ।’

सालकले कमिला र धमिरालाई मात्र खाने हुदा किसानको खेतबारीलाई कुनै नोक्सान पुराउदैन । त्यसैले सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ । सालक संरक्षणमा अब युवाहरु सक्रिय हुन आबश्यक रहेको संरक्षणकर्मी कृष्ण चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

१० फाल्गुन २०८२, आईतवार १५:०९
समाचार सारांश Generated Using AI बाँकेमा पहिलो पटक समुदायस्तरमा सचेतना जगाउने उदेश्यले सालक संरक्षणको लागी सचेतना अभियान शुरु भएको छ ।सालक खपेटा भएको स्तनधारी जनावरको रुपमा पर्दछ ।सालक संरक्षणमा अब युवाहरु सक्रिय हुन आबश्यक रहेको संरक्षणकर्मी बताउछन् । यो सारांश AI द्वारा सिर्जना गरिएको हो।   नेपालगञ्ज : निर्वाचन आयोगले […]

ताजा अपडेट