२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीकाे पूजागरि मनाइयो



नेपालगञ्ज  : शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो ।

बाँकेको बागेश्वरी मन्दिर लगायत देशभरमा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

बाँकेको नेपालगञ्जमा रहेको जयवागेश्वरी स्कुल तथा कोहलपुरमा अवस्थित तक्षशिला एकेडमी लगायल सबै विद्यालयहरुले सरस्वतीको पुजा र वन्दना गरि यो दिवस मनाएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार
ताजा समाचार