बाँके २ बाट बर्मा र गुप्ताद्वारा उम्मेदवारी फिर्ता

सदरलाइन संवाददाता ९ माघ २०८२, शुक्रबार १७:५७
 

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके २ बाट उम्मेदवारी दर्ता गराएका २२ जना मध्ये दुई जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले दिएको जानकारी अनुसार, बाँके क्षेत्र नम्बर दुईमा तीन जना स्वतन्त्रसहित २२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये जनता समाजवादी पार्टीका उम्मेदवार सरस्वती प्रसाद बर्मा र नेपाल जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ताले उम्मेदवारी फिर्ता लिएका हुन् ।

बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले दुई जना उम्मेदवार बर्मा र गुप्ताले उम्मेदवारी फिर्ता लिएपछि अब २० जना उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा हुने बताए । उनले क्षेत्र नम्बर दुईबाट अब नेपाली कांग्रेसका सुधांसु कोइराला, एमालेका मोहम्मद इस्तियाक राई, नेपाली कम्यूनिस्ट पार्टीका दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका कमरुद्धिन राई, राप्रपाका ऋषिराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका माजिद अलि शेष, उज्यालो नेपाल पार्टीका शैलेन्द्र कुमार कर्ण, राष्ट्रिय जनमत पार्टीका इर्फान शेषको उम्मेदवारी कायम रहेको छ ।


यसैगरि, नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, श्रम संस्कृती पार्टीका रामचरण चौधरी, नेकपा माओवादीका महेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका जगदिस ढकाल, आम जनता पार्टीका अब्दुल अमर साई, राष्ट्रिय मुक्ति मोर्चा नेपालका बावु प्रकाश घिमिरे, राष्ट्रिय एकता दलका सिताराम यादव र स्वतन्त्र उम्मेदवारहरु मनोजकुमार चौधरी, शोरभजंग शाह र गोपालप्रसाद गिरीको उम्मेदवारी क्षेत्र नम्बर २ बाट कायम रहेको मुख्य निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।

जनता समाजवादी पार्टीका उम्मेदवार बर्माले एमालेका उम्मेदवार ईस्तियाक राईको समर्थनमा उम्मेदवारी फिर्ता लिएको बताए ।

यसैगरि बाँके क्षेत्र नम्बर १ बाटपनि २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्र उठेका दिपक बहादुर शाही र प्रदिप पाैडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कल्ली’को छायांकन सकियो : फागुन १ गते प्रदर्शनमा आउने

९ माघ २०८२, शुक्रबार १७:५७
नेपालगञ्ज : फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कल्ली’को छायांकन सकिएको छ । चोभारमा एउटा गीतको छायांकन सकेसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । नायिका पूजा शर्माको आइटम डान्स २ दिन लगाएर खिच्दै फिल्मको छायांकन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी दिए । यो […]

ताजा अपडेट