Sadarline
२०८३ असोज २९ , बिहीबार

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य



दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार भएको बताएका छन् । सोनाम ल्होसार पर्वको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले अहिलेसम्म प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् ।

‘आजसम्म हासिल गरेका उपलब्धिको रक्षा गर्दै अघि बढ्नु अत्यन्त जरूरी छ । सुशासन, सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक उत्तरदायित्व र समावेशी योजनामा प्राप्त प्रगतिलाई कायम राख्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न प्रदेश स रकार प्रतिबद्धत छ’मुख्यमन्त्री आचार्यद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,‘उपलब्धिको संरक्षण स्थिर विकासको आधार हो ।’

मुख्यमन्त्री आचार्यले नेपाली समाज सांस्कृतिक विविधताले समृद्ध रहेको उल्लेख गर्दै हरेक समुदायका मौलिक चाडपर्वले नेपाली पहिचान, इतिहास र सामाजिक सम्बन्धलाई बलियो बनाइरहेको बताए । सन्देशमा भनिएको छ,‘यिनै मूल्य र परम्पराले हाम्रो समाजलाई मजबुत बनाउँछन् । प्रदेश सरकारले सबै चाडपर्वलाई समान सम्मान र महत्व दिँदै आएको छ ।’

समृद्ध प्रदेश र खुसी जनताको साझा लक्ष्य पूरा गर्न मौलिक संस्कृति, सम्पदा र सभ्यतालाई पर्यटनसँग जोडेर विकासका नयाँ मार्ग खुलेको उल्लेख गरे । ‘लुम्बिनी प्रदेशको प्राकृतिक र सांस्कृतिक विविधता आफैँमा ठूलो शक्ति हो’सन्देशमा भनिएको छ,‘यसलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्र सुदृढ बनाउने, नयाँ रोजगारी सिर्जना गर्ने र सांस्कृतिक पहिचानको दिगो संरक्षण गर्ने दिशामा प्रदेश सरकार दृढतापूर्वक अघि बढिरहेको छ ।’

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार
ताजा समाचार