देउवालाई पार्टीको अभिभावक र संरक्षक बनदिन सभापति थापाको आग्रह, पहिलो बैठकद्वारा गरिए ६ निर्णय

सदरलाइन संवाददाता ३ माघ २०८२, शनिबार १७:४२
 

 

नेपालगञ्ज : नेपाली कांँग्रेसका नवनियुक्त सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक र संरक्षक बनिदिन आग्रह गरेका छन् ।

केन्द्रीय समितिको बैठकअघि शनिवार पत्रकारहरूसँग कुरा गर्दै थापाले सबैलाई जोड्न आफूले प्रयास गरिरहेको भन्दै कांग्रेसलाई एकताबद्ध गर्न आफूले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको सहयोगको अपेक्षा राखेको बताए ।

‘निवर्तमान सभापतिबाट अभिभावकको, संरक्षकको भूमिकाको अपेक्षा गरेको छु । अब उहाँले आह्वान गरेर भनिदिनुपर्छ–अब सकियो एक ठाउँमा आउनु भनेर, सभापति थापाको भनाइ थियो ।

निर्वाचन आयोगले गरेको निर्णय सबैले स्वीकार गरेर एकै ठाउँमा बसेर निर्णय गर्न अप्ठेरो मान्न नुहुँने कुरामा सभापति थापाले जोड दिए ।

‘केही दिनपछि चुनावको मनोनयन छ, यो बीचमा हामी सबै मिलाउँछौं,’ थापाले भने । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको हो ।

यस्ता छन काँग्रेसका निर्णय :


१ निर्वाचन आयोगले नेपाली काँग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ । यो कसैको जित–हार होइन— यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रीय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।

२ . यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश–विदेशमा रहेका सवै काँग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।

३ . विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन ः जोडिन यो वैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।

४ . यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो वैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।

५, नेपाली काँग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँनेछैन । हामि सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।

६ . यो नयाँ अध्याय हो— रुपान्तरणको, एकताको, विजयको । सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस् । थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवार छनौट केन्द्रित एमाले सचिवालय बैठक जारी

३ माघ २०८२, शनिबार १७:४२
नेपालगञ्ज :  काठमाडौंमा नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार चयन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ । सरकारले आगामी फागुन २१ गते तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाउन एमाले बैठकमा छलफल भइरहेको […]

सम्बन्धित

ताजा अपडेट