नेपालगञ्जमा घरेलुको मेला सुरु

सदरलाइन संवाददाता ३० पुष २०८२, बुधबार १८:२१
 

नेपालगञ्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा आठौ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, प्रर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ नेपालगञ्ज सडक डिभिजन परिसर नेपालगञ्ज बाँकेमा सञ्चालनमा आएको छ ।

सो प्रर्दशनीको लुम्बिनी प्रदेश जलस्रोत तथा उर्जा मन्त्री सिता शर्मा चौधरीले एक समारोहका बिच उद्घाटन गरीन । मन्त्री चौधरीले उद्घाटन शत्रलाई सम्बोधन गर्दै स्थानीय उत्पादन तथा कला र संस्कृतीलाई बजारीकरण गर्न ठूलो टेवा पुग्ने आफुले विश्वास गरेको बताईन ।


आगामी माघ १० गतेसम्म सञ्चालन हुने सो औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ मा नेपाली उद्यमीले उत्पादन गरेका विभिन्न बस्तु एकै ठाउमा खरिद बिक्रिको व्यावस्था मिलाईको संयोजक समरबहादुर खत्रीले जानकारी दिए ।

उद्घाटन सत्रमा लुम्बिनी सभासदस्यहरु रत्न खत्री, मिना श्रेष्ठ, अम्बिका काफ्ले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गलगायका व्यक्तिहरु शुभकामना तथा पूर्ण सफलताको कामना गरेका थिए । नेपालगञ्जको धम्बोझी चोकदेखि विभिन्न झाँकीप्रदर्शनी शुरु भई महोत्सव स्थलमा गई समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्वः मुख्यमन्त्री आचार्य

३० पुष २०८२, बुधबार १८:२१
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् । उनले थारु समुदायले माघलाई नयाँ वर्षका रूपमा मनाउँने परम्परा रहेको र […]