सभापति देउवा र अध्यक्ष ओलीबिच भेटवार्ता

सदरलाइन संवाददाता १९ मंसिर २०८२, शुक्रबार १९:५६
 

काठमाडौ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।


अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक राजनीतिक विषय र संसद पुनःस्थापनाका विषयमा छलफल जारी छ ।

लामो समयपछि भएको भेटवार्तामा सभापति देउवाका धर्मपत्नी डा. आरजु राणा र अध्यक्ष ओलीका धर्मपत्नी राधिका शाक्यको समेत सहभागिता छ ।

जेनजी आन्दोलनले सत्ताबाट वहिर्गमन भएपछि पूर्व प्रधानमन्त्रीद्वयको यो सम्भवतः पहिलो अनौपचारिक भेटवार्ता भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवलपुरमा तोरीमा छरेको विषादीले नौ वटा मृग मरे

१९ मंसिर २०८२, शुक्रबार १९:५६
नवलपुर  : नवलपुरको देवचुली नगरपालिका–१३ मा रहेको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका छन् ।प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । सबै मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएकाले विषादी […]