विपिन जोशीको शव धनगढी लगियो

मंगलबार अन्तिम संस्कार गरिने

सदरलाइन संवाददाता ३ कार्तिक २०८२, सोमबार १६:४१
 

नेपालगञ्ज : हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको शव धनगढी लगिएको छ।

फ्लाइ दुबईको विमानबाट विपिनको शव आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो। विमानस्थलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत उच्च पदस्थहरूले विपिनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन्।

त्यसलगत्तै विपिनको शव धनगढी लगिएको हो। नेपाली सेनाको स्काईट्रकले शव धनगढी पुर्‍याउने छ। त्यसपछि सेनाको स्थानीय युनिटले शव धनगढी हुँदै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लग्ने छ।


मंगलबार विपिनको अन्तिम संस्कार गरिने जनाइएको छ।

हमासले विपिनलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि नेपाल ल्याइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

३ कार्तिक २०८२, सोमबार १६:४१
कैलाली :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याइने बताएका छन् । किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासोआएपछि उनले किसानहरुले धानको समर्थन मूल्य पाए÷नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । उनले प्रमुख […]