नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

सदरलाइन संवाददाता १० आश्विन २०८२, शुक्रबार १०:३६
 

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार खसेको पहिरो पन्छाएसँगै विहिवार रातीबाट दुईतर्फी रूपमा सडक सञ्ञ्चानमा आएको हो ।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४ः३० बजेदेखि अवरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।


सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । मङ्गलबार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो । यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन् ।

सडकमा गत एक सातादेखि मालबाहक सवारी रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिक रूपमा खुला भएको समयमा पार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने

१० आश्विन २०८२, शुक्रबार १०:३६
काठमाडौ :  नेपाल सरकारले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका क्षेत्रमा एक पटकमा ३ करोड भन्दा बढीको घरजग्गाको कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन । यसैगरी, सरकारले राज्यकोषबाट लगानी भएका […]