निजामती सेवालाई समयसापेक्ष बनाउन प्रयासरत छौंःमुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता २२ भाद्र २०८२, आईतवार १३:०८
 

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।

प्रदेश निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले निजामती सेवाको गौरवलाई अझ उचाइमा पु¥याउनुपर्नेमा जोड दिएका हुन ।

वि.सं. २०१३ भदौ २२ गते जारी भएको निजामती सेवा ऐन आज ६९ वर्ष पुगेको प्रसंग स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यस अवधिमा राजनीतिक आन्दोलन, शासन प्रणालीका परिवर्तन र संरचनागत चुनौतीबीच पनि निजामती सेवा राज्यको मेरुदण्ड र जनसेवाको आधारस्तम्भ बनेको उल्लेख गरेका छन् ।


संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहमा निजामती सेवाको भूमिका अझ व्यापक भएको बताउँदै उनले प्रत्यक्ष रूपमा सेवा प्रवाहमा समर्पित सम्पूर्ण निजामती कर्मचारीप्रति उच्च सम्मान प्रकट गरे ।

लुम्बिनी प्रदेश सरकारले कर्मचारी व्यवस्थापन र वृत्ति विकासलाई स्पष्ट र व्यवस्थित बनाउँदै सेवाप्रवाहलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउन निरन्तर पहल गरिरहेको मुख्यमन्त्री आचार्यले बताए ।

शुभकामना सन्देशमा उनले सम्पूर्ण निजामती कर्मचारीलाई ज्ञान, सीप र इमानदारीसहित सकारात्मक सोचका साथ जनसेवामा समर्पित हुन आह्वान गर्दै उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरेका छन । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरु गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेनजी प्रदर्शनमा झडप हुँदा १४ ले गुमाय ज्यान, घइतेको संख्या एकिन छैन

२२ भाद्र २०८२, आईतवार १३:०८
नेपालगञ्ज : काठमाण्डौमा भएको ‘जेनजी’ पुस्ताको आन्दोलनको झडपका क्रममा यो समाचार अपडेट गर्दासम्म १४ जनाले ज्यान गुमाएका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पु¥याइएकामध्ये १३ को मृत्यु […]

ताजा अपडेट