मुख्यमन्त्री आचार्यसहितको टोलीद्वारा एनटिभी कोहलपुरको निरीक्षण

सदरलाइन संवाददाता २६ असार २०८२, बिहीबार १८:२६
 

कोहलपुर (बाँके) :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र आन्तरिक मामिला मन्त्री आदेश कुमार अग्रवाललगायतको टोलीले एनटिभी कोहलपुरको निरीक्षण गरेका छन् ।

बिहीवार बाँकेको कोहलपुर पुगेका मुख्यमन्त्री आचार्यको टोलीले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिएका थिए ।

मुख्यमन्त्री आचार्यलाई एनटिभी कोहलपुरका प्रमुख निराजन खनालसहितको टोलीले स्वागत गरेको थियो ।


निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले सूचना प्रविधिको तीव्र विकाससँगै देखिएका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रसँग सहकार्य गरेर सरकारी सेवाहरूलाई अझ बढी पहुँचयुक्त र प्रभावकारी बनाउन प्रयत्नशील रहेको जानकारी पनि दिए ।

निरीक्षणमा मुख्यमन्त्री आचार्यसँगै आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाल, प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्री, प्रदेश सभा सदस्य वसन्ती न्यौपानेलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो ।

एनटिभी कोहलपुरका प्रमुख खनालले सञ्चारगृहको वर्तमान अवस्था, उपलब्ध साधन–स्रोत, सामग्री उत्पादन र प्रसारणको अवस्था बारेमा जानकारी गराउँदै प्रदेशस्तरीय सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने दिशामा थप लगानी र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

२६ असार २०८२, बिहीबार १८:२६
नेपालगञ्ज : बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डुडुवा गाउँपालिका–३ हलबलडोली बस्ने ४० वर्षीय राधे खटिकको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो । नेपालगञ्ज उप–महानगरपालिका–२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो […]