महिलालाई समान अवसर र सहभागिता जरुरी

सदरलाइन संवाददाता २५ जेष्ठ २०८२, आईतवार २०:०५
 

नेपालगञ्ज : राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्धारा सञ्चालित तालिमका सहभागीले समाजमा अझै पनि महिला माथी हुने विभिन्न हिंसा तथा विभेदले ठुलो समस्या पारेकोले यसलाई अन्तय गर्न स्थानीय सरकारले नीतिगत रुपमा व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

समाजमा दाइजो प्रथा, सम्वन्ध विच्छेद, बालविवाह जस्ता मुख्य समस्या भएकाले सो विरुद्ध शसक्त रुपमा अवाज उठाउनुपर्नेमा उनीहरुको जोड थियो ।

तालिमको समापन गर्दै नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले नगरक्षेत्रमा पनि अशिक्षित तथा गरिब असहाय महिलाहरुको अवस्था अझै पनि दयनिय रहेकाले उनीहरुलाई शसक्तिकरणका लागि यस्तो कार्यक्रम संचालन गरिएको बताए ।


उनले महिलाहरुको जगारुकता नै शसक्तिकरण भएकाले सबै भन्दा पहिला आफैमा सचेत भई अभियान संचालन गर्नुपर्ने भन्दै महिला सम्वन्धीको कानूनी अधिकारलाई बुझ्न जरुरी रहेको बताए ।

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२ नं। वडा कार्यालयका वडा सदस्य सुशिला पन्त, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टलगायतले बोलेका थिए । त्यस अवसरमा समाजमा बढी रहेको दाइजो प्रथा, घरेलु हिंसाविरुद्ध पैरबी गर्न ७ बुदें प्रतिबद्धता समेत गरिएको थियो ।

महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि गरिएको दुईदिने क्षमता विकास तालिममा नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत विभिन्न वडाका ५५ जना महिला, बालबालिका, र किशोरीहरुको सहभागिता रहेको थियो ।

तालिममा महिला, बालबालिकाको कानूनी अधिकार, अवस्था, समस्या, लैङ्गिक समानता, लैङ्गिक विभेद, नेतृत्व विकास, यौन तथा प्रजनन स्वास्थ्य शिक्ष, बाल विवाह, यौन हिंसा, निर्णय क्षमता विकास, कानूनी अधिकार, सुरक्षा, न्याय तथा पहुँचका उपाय, अर्थिक शसक्तिकरण लगायतका विषयमा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृहणी महिलाको लागि सातदिने हातेकढाई तालिम सम्पन्न

२५ जेष्ठ २०८२, आईतवार २०:०५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले गृहणी महिलाको आय आर्जनमा बृद्धि गराई उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले विभिन्न संस्थाहरुसंगको सहकार्यमा हाते कडाई जस्ता तालिमको आयोजना गरेको शाखा प्रमुख वरिष्ठ महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिईन । नेपालगञ्ज […]