‘विविधतामा एकता नेपाली समाजको मौलिक विशेषता’

सदरलाइन संवाददाता २४ जेष्ठ २०८२, शनिबार १७:५०
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमार्फत संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई संस्थागत गरेको उल्लेख गर्दै विविधताभित्र एकताको भावना प्रवद्र्धन गरिरहेको बताए । उनले विविधतामा एकता नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गरेका हुन् ।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद–उल–अज्हा इब्राहिम अलैहिस्सलामले अल्लाहको आदेशमा आफ्ना छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा मनाइन्छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू मस्जिदमा नमाज पढेपछि शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको बताइएको छ ।

मुख्यमन्त्री आचार्यले धार्मिक पर्वहरूले आपसी सद्भाव, सहिष्णुता र मेलमिलापको सन्देश दिने बताउँदै बकर ईदले सामाजिक एकता, धार्मिक सहिष्णुता र संस्कृतिको संरक्षणमा योगदान पु-याउने विश्वास व्यक्त गरे । उनले यस पर्वले समाजमा प्रेम, भाइचारा र सहयोगको भावना बलियो बनाउने उल्लेख गरे ।


लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति, परम्परा र पहिचानलाई समान सम्मान र संरक्षण गर्दै आएको उल्लेख गर्दै प्रदेशको समृद्धि र विकासमा सबै समुदायको योगदान र सहकार्य अपरिहार्य रहेको बताए ।

ईद–उल–अज्हाको यस अवसरमा समृद्ध र सुव्यवस्थित लुम्बिनी प्रदेश निर्माणको यात्रामा सबैको साथ र योगदान रहने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौंः मुख्यमन्त्री आचार्य

२४ जेष्ठ २०८२, शनिबार १७:५०
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताएका छन् । शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले ‘जेन जि पुस्ता’ लाई लक्षित गरी स्टार्टअप तथा इनक्युबेसन कार्यक्रम सञ्चालन गरेर नवप्रवर्तनको माध्यमबाट […]