बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन तालिम

सदरलाइन संवाददाता १५ जेष्ठ २०८२, बिहीबार २२:२५
 

राजापुर  :  मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालालाई बालसंरक्षण तथा मानबबेचबिखनका घटना ब्यबस्थापन बारे ३ दिने तालिम राजापुरमा सम्पन्न भयको छ ।

प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाको आयोजना संचालित सो तालिममा पालिकाका उप प्रमुख, महिला बालबालिका शाखा प्रमुख स्वास्थ्य शाखा प्रमुख, कार्यपालिका सदस्य, प्रअ, प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको थियो ।

मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण बारेमा समितिका सदस्यहरुको क्षमता विकास विकास गर्ने उदेश्यले संचालित तालिमको समापन सत्रको संचालन महिला बाल बालिका शाखा प्रमुख अनिता चौधरीले गरेकी थिईन ।

सहभागीका तर्फबाट बोल्दै कार्यपालिका सदस्य लक्ष्मी चंदारो र मानब बेचबिखन नियन्त्रण समितिका सदस्य लोकराज ढुंगानाले तालिम निकै प्रभावकारी भयको र मानब बेचबिखन अन्त्य गर्न सबै सक्रिय भएर लाग्नु पर्ने बताए ।


राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरीले मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकाले यसकाबिरुद्ध लड्न स्थानीय सरकार, प्रहरी संघसंस्था, स्थानीय निगरानी समूह सक्रिय भएर अभियान संचालन गर्ने कुरामा जोड दिए ।

बाल संरक्षण, मानब बेचबिखन नियन्त्रणका लागि पालिकाले योजना बनाएर बजेट बिनियोजन गर्ने कुरामा जोड दिए । सामाजिक संघ सस्थाहरु पालिकाको समन्वय सहकार्यमा अभियानमुखी कामहरु संचालन भैरहेको बताए ।

३ दिने तालिममा बालअधिकार, बालसंरक्षण ,बालबालिका माथि हुने हिंशा तथा रोकथाम, मानब बेचबिखन तथा ओसारपसारको अवधारणा, यसका कारण, मानब तस्करी, शोषण,कानुनि प्रावधान घटना ब्यबस्थापन ,सिफारिस संयत्रका बारेमा प्रशिक्षक द्वय युबराज पोख्रेल र निर्मल सुबेदीले सहजीकरण गरेका थिए भने कार्यक्रमको उदेस्य तथा परियोजनाका बारेमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले जानकारी गराएका थिए ।

तालिममा समूह कार्य मार्फत मानब बेचबिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे प्रस्तुत गरिएको थियो, कार्यक्रममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिषा थारुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीले स्रोत नखुलेको भारतीय ५ लाख सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु

१५ जेष्ठ २०८२, बिहीबार २२:२५
नेपालगञ्ज : बाँके प्रहरीले स्रोत नखुलेको भारतीय ५ लाख रुपैयासहित एक भारतीय नागरिक सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्ष दीपक पातलीले दिएको जानकारी अनुसार प्रहरीले उनीहरुलाई नेपालगञ्ज–१६ जयसपुर हुँदै नेपाल प्रवेश गरेको अवस्थामा भारतीय नंम्बरको युपी […]