लुम्बिनीमा गणतन्त्र दिवस भव्य रूपमा मनाउने तयारी

सदरलाइन संवाददाता १२ जेष्ठ २०८२, सोमबार १६:२४
 

दाङ : लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने गरि तयारी हगाडि बढाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णयसमेत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पु¥याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताए ।


‘नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने दायित्व र जिम्मेवारी तपाईं हाम्रो सबैको हो’ उनले भने–‘गणतन्त्र र उपलब्धिका विरुद्ध केही तत्वहरू सल्बलाउन खोजेका पनि छन् । हामी गम्भीर र संवेदनशील भएर गणतन्त्रले दिएका उपलब्धिको रक्षाका लागि केन्द्रित हुन जरुरी छ ।’

जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।

जेठ १५ गते मूल समारोहअन्तर्गत जनसहभागितामा झाँकी सहित भव्य रूपमा प्रभातफेरीको आयोजना गरिनेछ । बिहान भालुबाङबाट सुरु हुने करिब पाँच किलोमिटरको प्रभातफेरीपछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदान सहित समापन गरिने छ ।

जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिने र सञ्चारमाध्यमहरूबाट गणतन्त्र दिवससम्बन्धी अन्तरबार्ता तथा सामाग्री प्रवाह गरिने गरी कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज वडानं १ र २ का गृहणी महिलाका लागि सुगन्धित धुप बनाउने तालिम

१२ जेष्ठ २०८२, सोमबार १६:२४
नेपालगञ्ज :  घरमै बसेर आम्दानी गर्न सकियोस भनेर बाँकेको नेपालगञ्ज उपमहानगर वडा नं. १ र २ का गृहणी महिलाका लागि सम्बन्धित वडा र नारि विकास केन्द्रसंगको सहकार्यमा दुई दिने कागजको सुगन्धित धुप बनाउने तालिम आयोजना गरिएको छ । गृहणी महिलालाई लक्षित गरी नारि विकास केन्द्रसंगको सहकार्यमा नेपालगञ्ज उपमहानगर वडानं. १ […]